संकल्प मिडिया सेन्टरद्वारा संचालित

पाँचखाल नगरपालिकाले कोरोनाको रोकथामका लागि डिसइन्फेक्टेन्ट स्प्रे छर्कियो

  •   काठमाडौं
  •   १८ चैत्र २०७६, मंगलवार
  •   त्रिबेणी

पाँचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि डिसइन्फेक्टेन्ट स्प्रे छर्केको छ । नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार एरियाबाट स्प्रे छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।
नगर प्रमुख महेश खरेल, प्रमुख प्रशसकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, अष्ट बहादुर , समजसेवि कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी, नगरपालिका कर्मचारी, सशस्त्र प्रहरी पाँचखाल लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सशस्त्र प्रहरी कार्यालय पाँचखालको बिशेष सहयोग रहेको थियो ।