संकल्प मिडिया सेन्टरद्वारा संचालित

८ महिनामा २२ हजार केजी सियो आयात

  •   काठमाडौं
  •   ३ बैशाख २०७७, बुधबार
  •   त्रिबेणी

अनऔद्योगीकरणबाट ग्रसित नेपालमा अहिलेसम्म पनि एउटा कहावत चल्छ, सियो त बन्दैन यो देशमा अरु के बन्छ?

सुन्दा असाध्यै नकारात्मक जस्तो लागे पनि मुलुकमा औद्योगिक उत्पादन कमजोर भएकाले अन्य उत्पादन पनि यहाँ हुँदै भन्ने देखाउन सियोलाई प्रतिविम्वित गर्ने गरिएको हो।

के सियो पनि बन्दैन नेपालमा? भन्सार विभागको तथ्यांक भन्छ, सियो विदेशबाट आयात हुन्छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउनदेखि फागुनसम्म)मा सियो र सियोको वर्गमा पर्ने २२ हजार ६ सय ५५ केजी वस्तु आयात भएको छ।

सियोको वर्गमा लुगा सिलाउने सियो, ऊनको धागो उन्ने कुरुस, आँखीभौँ उखेल्ने चिम्टी र नङको फोहोर निकाल्न प्रयोग हुने वस्तु आयात भएको छ।

भन्सार विभागका अनुसार यो अवधिमा ४९ लाख ३१ हजार रुपैयाँको यस्ता वस्तु आयात भएको छ। यसबाट सरकारले ९ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकमा जनाइएको छ।