त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

सानोठिमी एसओएस चोकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

  •   भक्तपुर
  •   १६ मंसिर २०७७, मंगलवार
  •   रासस

भक्तपुर-मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ।

सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भइ पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ।