त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण भएपछि सोही अपार्टमेन्टमा बस्ने अभिनेत्री बेनिशा हमाल यसो भन्छिन्

  •   काठमाडौं
  •   ३ बैशाख २०७७, बुधबार
  •   त्रिबेणी

जधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएसँगै अहिले उक्त अर्पाटमेन्ट सिल गरिएको छ । चैत ५ गते बेलायतबाट नेपाल फर्किएको एक परिवारका सदस्यहरुमा कोरोना पोजेटिभ देखिएसँगै प्रहरीले भित्र र बाहिरबाट उक्त अर्पाटमेन्ट सिल गरिदिएको हो । उनीहरुको हिजो पीसीआर टेष्ट गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित भेटिएपछि अहिले सनसिटी अपार्टमेन्टमा रहेका करिब १७ सय मानिसहरुमा त्रास छाइरहेको छ । जहाँ नायिका बेनिशा हमाल पनि बस्ने गर्छिन् ।

अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएपछि उनको परिवारमा मात्र होइन अपार्टमेन्ट वरपर पनि त्रास फैलिएको धेरैले स्विकारे पनि नायिका बेनिशाले आँफु र आफ्नो परिवार सुरक्षीत रहेको बताएकी छिन् । गएको १८ मार्चका दिन भारतबाट नेपाल फर्किएकी बेनिशाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आँफुहरु सुरक्षीत रहेको उल्लेख गरेकी छिन् ।

आफ्नी फूपु र भाइसँग बस्दै आएकी बेनिशाले फेसबुकमा लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै  ‘म र मेरो परिवार सुरक्षित छौ ‘हजुरहरुले देखाउनु भएको माया, सद्भाब र चिन्ताको लागि आभार प्रकट गर्न चाहन्छुरुरुरुरु घरमै बसि लकडाउनको पुर्ण पालना गरौ।’

यसैबिच नेपालमा पनि पछिल्ला दिनमा कोरोना संक्रमित ब्यक्तिहरुको संख्या बढीरहेको छ । गत हप्ता मात्रै ९ जनामा सिमित रहेको संक्रमितको संख्या अहिले बढेर १६ पुगेको छ । हिजोसम्म द्रुत परीक्षण विधि र पीसीआर विधिबाट १२ हजार ९ सय ६ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना पुष्टि हुनेमा १९ वर्षका युवतीदेखि ८१ वर्षका वृद्धासम्म छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार सङ्क्रमित १६ मध्ये पहिलो पटक सङ्क्रमित देखिएका एकजना निको भएर घर फर्किसकेका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दुई, पाटन अस्पताल लगनखेलमा दुई र धौलागिरि अस्पताल, बागलुङमा दुईजनाको उपचार हुँदैछ । हिजो मात्रै भक्तपुरको पेप्सीकोलामा एउटा अपार्टमेन्टमा बस्ने एउटै परिवारका दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

दु्रत परिक्षण किटबाट परिक्षण गर्दा परिवारका तीन जनामा संक्रमण देखिएपछि उनीहरूको पुनः पीसीआर विधिबाट परीक्षण गरिएको थियो । जसमा ५८ वर्षका पुरुष र ८१ वर्षका महिलामा सङ्क्रमण देखिएको मन्त्रालयले जानकारी गराएको हो । एक जनाको भने परिक्षणको नतिजा आउन बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । हालसम्म देशभरका क्वारेन्टाइनमा पाँच हजार ७ सय ७१ को रहेका छन् ।