संकल्प मिडिया सेन्टरद्वारा संचालित

रेडक्रस काभ्रे शाखाको योजना तर्जुमा गोष्ठी सम्पन्

  •   काठमाडौं
  •   २४ श्रावण २०७८, आईतवार
  •   त्रिबेणी

नेरेसो काभ्रेको आब २०७८/७९ को लागि उपशाखाहरुले विभिन्न छनौट गर्न योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य कुमार थापाको प्रमुख आतिथ्य तथा काभ्रे शाखा संयोजक नारायण प्रसाद ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा अन्तर्गतका उपशाखाहरुका सभापति एवं पदाधिकारीहरुको सहभागीता रहेको थियो।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी नेरेसो केन्द्रिय सदस्य कुमार थापाले उदघाटन मन्तव्य राख्दै कुनै पनि योजना योजनाको निम्ति हुन नहुने योजना छनौट गर्दा कार्यान्वयन गर्नु पर्ने बताए।अबको रेडक्रस राज्यको पुनर्संरचना अन्तर्गतको ढाचामा चल्ने ,रेडक्रस र अन्य गैरसरकारी सस्थालाइ सोलोडोलो सस्था दर्ता ऐन अन्तर्गत राखिएको हुदा रेडक्रस आजको स्थितिमा पुगेको चर्चा गर्दै राज्यले रेडक्रस ऐन ल्याउनु पर्ने पक्षमा आफू रहेको बताए ।रेडक्रस परनिर्भर भएकोले आत्मनिर्भर हुन पर्नेमा उनको जोड थियो । अर्का बिशिस्ट अतिथी बागमती प्रदेश रेडक्रसका उपसचीव सरस्वती चिमोरियाले शुभकामना मन्तव्य व्यक्त गरिन।

कार्यक्रमको औचित्य तथा हाल सम्मका जिल्ला शाखाका गतिविधिको बारेमा शाखाका उपसचिव प्रदीप सापकोटाले चर्चा गर्दै कोभिड १९ को असर न्यूनीकरणलाई प्राथमिकतामा राखी काॠ गतिने बताए उनले मानवीय संकटमा पहिले सम्झिने रेडक्रसमा हिजो धेरै बेथिती भएकोले सस्थागत सुशासन हुन नसकेकोले अबका दिन हिजोका कमजोरिहरुको समिक्षा गर्दै सस्थागत सुशासन,जबाफदेहिता,पारदर्शिता कायम गर्न र सरोकारवालाहरुको सम्बन्ध बिस्तार गर्न इमानदार प्रयत्न हुने बताए। कार्यक्रममा समुदायमा आधारित समाबेशि विपद जोखिम न्यूनीकरण कार्यक्रमको बारेमा जानकारी उक्त कार्यक्रमका प्रमुख शिव प्रसाद सुबेदिले गराएका थिए।

कार्यक्रममा जिल्ला शाखा संयोजक नारायण ढुंगानाले मानविय पीडा कम गराउन रेडक्रस सकृय हुनुपर्ने बताउदै ,मानविय र सामाजिक सस्था रेडक्रसलाई थितिमा हिडाउन उपशाखाको भुमिका हुनुपर्ने कुरामा जोड दिए।उनले कार्यक्रममा सहभागीहरुवाट जिल्ला शाखालाई आबश्यक सुझाव संकलन गर्दै त्यसमा सहजीकरण समेत गरेका थिए । उक्त कार्यक्रमको सन्चालन जिल्ला शाखा सचीव विजयराम कर्माचार्यले तथा स्वागत मन्तब्य उप संयोजक बिदुर घिमिरेले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन उप कोषाध्यक्ष निलम श्रेष्ठले गर्नु भएको थियो।कार्यक्रममा विभिन्न उपशाखाहरुले यो बर्षको लागि गर्ने कार्यक्रमहरु

रक्तदान,प्राथमिक उपचार,नेतृत्व बिकास तालिम,दिवशहरु: नेरेसो दिवस,विश्व रेड्क्रस दिवस,प्रथमिक उपचार दिवस,आँखा शिबिर,रक्तदाता उत्प्रेरना गोष्ठी ,बिपद व्यवस्थापन ,उपशाखा शसक्तिकरन गोष्ठी ,विभिन्न अभिमुखिकरन कार्यक्रम ,महिला शशक्तिकरन, कार्यक्रम बिपद पुर्वतयारी गोष्ठी ,सदस्यता विस्तार अभियान,दन्त शिबिर,आदि छनौट गरेका थिए।स्मरण रहोस प्रत्येक उपशाखाले बर्षमा कम्तिमा ३ वटा कार्यक्रम गर्ने वैधानिक व्यबस्था रहेको छ।