संकल्प मिडिया सेन्टरद्वारा संचालित

राजीनामा दिन आग्रह गर्दै अग्नि सापकोटाबारे सरिता गिरीको टिप्पणी : यस्ता अनैतिक सभामुख मैले संसारमै देखेको छैन

  •   काठमाडौं
  •   १४ भाद्र २०७८, सोमबार
  •   त्रिबेणी

 जनता समाजवादीबाट निष्कासित नेतृ सरिता गिरीले सभामुख अग्निप्रसाद सापकोटाले पदमा बसिरहन नसुहाउने बताउनुभएको छ । दलहरुले गरेको एकै प्रकारको कारवाहीलाई पनि फरक फरक व्याख्या गरेर फरक निर्णय दिएको भन्दै सभामुखका रुपमा सापकोटाले बसिरहन नसुहाउने तर्क गर्नुभएको हो । नेपालले जारी गरेको नक्साविरुद्ध उभिएको भन्दै २०७७ जेठमा जसपाले गरेको कारबाहीलाई सभामुख सापकोटाले तत्कालै कार्यान्वय गरेर आफ्नो सांसद पद खोसिदिएको पनि गिरीले बताउनुभएको छ । सभामुख अग्नि सापकोटाजी राजीनामा दिनुस् र सभामुख पदको गरिमा बचाइ दिनुस्। तपाईं सभामुख हुने योग्य व्यक्ति होइनु, उहाँले भन्नुभएको छ । , मेरो सांसद सदस्यताबारे तपाईंले हतार हतार आफनो पनि कुरा थपी निर्णय गरी मेरो सांसद सदस्यता खानुभयो। कानुनले तपाईंलाई आफनो कुरा थप्न अधिकार दिएको छैन।

संसद सचिवालयको निर्णय माधव नेपालसहितका १४ सांसदलाई कारवाही गर्नु परेन

गिरीले निर्वाचन आयोगले जसपाबारे निर्णय गरिसकेर दुवै पार्टी का नेतालाई प्रमाण पत्र लिन बोलाइसके अवस्थामा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राखेर कारवाही गरेको उहाँको तर्क छ। निर्वाचन आयोगले प्रमाणपत्र लिन बोलाउँदा पनि तपाईँको निर्णय पर्खिबसेका जसपाको दुवै पक्षका नेता प्रमाण पत्र लिन गएनन्ु, उहाँले भन्नुभएको छ , त्यो दिन शुक्रवार थियो। आइतवार तपाईँले सूचना निकाल्नु भयो। नेताहरु त्यस दिन सम्राटको चालमा हिँड्दै निर्वाचन आयोगबाट प्रमाणपत्र लिएर जसपा भएका थिए। उहाँले सभामुखले त्यसबेला न्यायको हत्या गरेको पनि आरोप लगाउनुभएको छ । न्यायको हत्या त्यस दिन पनि भएको थियो र जसपा पनि टिकेन। तपाईं त्यसदिन बाबुरामजीको कार्यकर्ता हुनुभयो। मेरो आँखा पनि खुल्योु, उहाँले थप्नुभएको छ –म कहिले पनि मधेसी दलमा लाग्ने छैन। म कट्टरपन्थी कम्युनिष्टको विरोधी भएको छु। उनीहरुको हातमा कानुन बाँदरको हातमा नरिवल जस्तै छ।

तर आफ्नो हकमा हतार हतार कारवाही चलाएका सभामुखले यस पटक एमालेको हकमा निर्वाचन आयोगमा नेकपा समाजवादी एकीकृत दर्ता भइसकेपछि निर्णय दिएर कानुनको दुरुपयोग गरेको उहाँले आरोप लगाउनुभएको छ । यस पटक सांसदबारे तपाईँले ढिलो निर्णय गर्नुभयो। किनभने निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता हुने प्रक्रियामा थियोु, उनले थपेकी छन्, –पार्टी (एमाले) बाट तपाईँले कारवाहीको पत्र पहिला नै पाइसक्नु भएको थियो। तर समयमा निर्णय गर्नुभएन। दाँत भराउन जानु भयो। उहाले सभामुखको यो कार्यलाई अनैतिक भन्नुभएको छ। यस्तो अनैतिक सभामुख संसारमा कतै भएको उदाहरण पाउन गाह्रो हुन्छ, गिरीले अन्तिममा भन्नुभएको छ , न्यायको हत्या भएपछि कुर्सी त हल्लिन्छ नै, सभामुखज्यू। मैले न्यायको हत्या गर्ने सबैको हबिगत देखिरहेको छु।