त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

राजनिती र युद्धमा स्थायी शत्रु र मित्र हुदैनन् परिस्थिति अनुरुप सम्बन्ध निर्धारण हुन्छ : सबिन घिमिरे

  •   काठमाडौं
  •   २५ फाल्गुन २०७७, मंगलवार
  •   त्रिबेणी

        अहिलेको यस परिवर्तित स्थितिलाई नियालेर हेर्ने हो भनेदेखि      एउटा राजनीतिक भनाइ सहि अर्थमा प्रस्तुत भएको छ र त्यो भनाइ छ “राजनीतिमा स्थाइ शत्रु र मित्र हुदैनन् ।

भनाइको तात्पर्य यो छ कि राजनीतिमा भएका तमाम उतारचढाव बाट स्थाइ रूपमा  शत्रु र मित्र हुदैनन् यो भनाइ यसकारण पनि पुष्ठि हुन्छ कि सर्बोच्चको फैसला बाट जब एमाले र माओवादी केन्द्र ब्यूताएसँगै तब माधव कुमार नेपाल लगाएत शीर्ष नेता एमाले मै फर्कनुको घटनालाई नियाल्दा पद ,शत्ता र शक्तिका लागी जतिठुसुकै ठुलो शत्रुता भएतापनि त्यो दुश्मनि लाई बिर्सन सक्दा रहेछ्न र मित्र बन्न सक्ने रहेछन् भन्ने कुरा पुष्ठि भएको छ।

सायद कुनैपनि दार्शनिक विद्वानले माधव कुमार नेपाल लगाएत नेता एमालेमा फर्किने छ्न र दुइ बिपरित दिशामा अघि बढेका शक्ति यो अबस्थामा फेरि एकै ठाउँमा आउछन् भनेर कल्पना नै नगरेको बिषय अहिले यथार्थ बनेको छ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मिसन चलाइरहनु भएका माधवकुमार नेपालसहितका पूर्व एमाले नेताहरु सर्वाेच्च अदालतको फैसला मानेको भन्दै ओलीलाई नै अध्यक्ष मानेर एमालेमै फर्कनुभको  घटनाले यो कुरा प्रष्ट हुन जान्छ कि माधव कुमार नेपालले प्रचण्डलाई दिएको साथ केबल पद र शक्ति प्राप्तिका निमित्त थियो र त्यो भन्दा बडी केहि अन्य कारण थिएन ।

सर्वाेच्चले नेकपालाई खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूताएसँगै आफ्नो सांसद पद जाला भनेर पूर्ववत पार्टीमा फर्कने निर्णय गरे बाट माधव कुमार नेपाल समुहका नेता कार्यकर्ताको क्रियाकलापले स्थाइ रूपमा कुनै पनि घटनाका क्रमले राजनीतिमा शत्रुता र मित्रताको स्थाइ नहुने रहेछ ।

तर पाँच नेता यस्ता देखिए, जो पद होइन, नीति र नेतृत्वप्रतिको बिश्वासमा रहे । गृहमन्त्री रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायत जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म कठिन समयमा केपी ओलीको समर्थनमा उभिने निर्णय गर्नुभएको छ । ‘बरु पद छाडिन्छ, केपी ओली छाडिन्न,’ पाँचै नेताहरुको भनाई छ ।

उहाँहरुले बास्तबमा पद होईन, नीति र नेतृत्वप्रती बिश्वास गर्नुहुदो रहेछ भनेर प्रमाणित गर्नुभयो।उहाँहरु जनताको प्यारो पार्टी नेकपा (एमाले) मा हुनु गर्बको कुरो हो, यो निर्णयले उहाँहरु एमालेजनको मन मनमा बस्न सफल हुनुभएको छ, अधिकांश पूर्वएमाले कार्यकर्ताको भनाई  पनि यहीँ छ।