संकल्प मिडिया सेन्टरद्वारा संचालित

रयालेको चुनाबी सभामा उत्रियो सयांै को संख्यामा आकर्षक जनलहर; पनौति

  •   काठमाडौं
  •   २६ बैशाख २०७९, सोमबार
  •   त्रिबेणी

नेकपा एमाले पनौतीले आज पनौती १रयालेमा सयांैको उपस्थितिमा भव्य रूपमा चुनावि सभा सम्पन्न गरेको छ। नेकपा एमाले काभ्रेका उपाध्यक्ष एबम पुर्ब मन्त्री चन्द्र लामा, नेकपा एमालेबाट पनौती नगरपालिकाको प्रमुख पदका उम्मेदवार भिम न्यौपाने, उपप्रमुखका उम्मेदवार गीता बञ्जारा, , एमाले पनौती नगर कमिटि अध्यक्ष सुरेश हुमागाँई, नेकपा एमाले काभ्रेका उपसचिव राजकुमार सापकोटा ,नेकपा एमाले काभ्रेका अन्य सदस्यहरु, वडा अध्यक्ष उम्मेद्बार बिरमान तामाङ लगायतका ब्याक्तित्व हरुको उपस्थितिमा सो सभा सम्पन्न भएको हो।

कार्यक्रममा भएको उपस्थितिको जनलहरले पनौती १ मा जित निश्चितनै देखियेको छ। रयालेलाई १ न. वडा भए झै  जसरी हरेक कुरामा १ न. मा गनियको छ  जितमा पनि न. १ बनाउनु पर्छ भन्दै , पनौती नगरपालिकाको प्रमुख पदका उम्मेदवार भिम न्यौपाने नेकपा एमाले भनेको अकबरी सुन हो र अकबरी सुनलाइ कशी लाउन पर्दैन भन्नुभयो। रयालेमा १५ बर्ष  सम्म काङ्ग्रेस को सरकार हुँदा सम्म रयालेमा खासै केही उपलब्धि तथा बिकासका काम नभएको र नेकपाले यश कार्यकालमा कोरोना लगायत विविध समस्या आउँदा पनि थुप्रै काम गरेको न्यौपानेले बताउनु भयो साथै स्थानीयलाई सकेसम्म भोट अन्तहाली खेर नफाल्न आग्रह गर्दै जुनसुकै चिन्ह मा मतदान  गरेतापनी आफू सबैको अभिभावक भै कर्तव्य निभाउने प्रतिबद्धता जनाउनु भयो।

उक्त कार्यक्रममा बोल्दै गर्दा नेकपा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामाले  नेकपा एमाले पनौतिले आफ्नो क्षेत्रबाट गर्न पर्ने कामकर्तब्यहरु पूरा गरेको बताउनुभयो। रयालेमा सडकदेखी पार्क सम्म  शिक्षा ,स्वास्थ लगायत देखि खानेपानी सम्म नेकपा एमालेले धेरै समृद्धिका कामहरु गरेको र जनमासले यत्तिका समृधकाम को मुल्यांकन गरि भोट नदिदा तपाईंहरुलाइ  यश क्षेत्र का हरेक पुर्बधार र कामहरुले गालिगर्ने छन भन्दै असल, इमानदार र निश्पक्ष  जनताकै कारण नेकपा एमाले  रहेको र आगामी दिनमापनी जनताकै माग र चाहानालाई पूरा गर्न नेकपाको  तर्फबाट आफू तत्पर रहने उपाध्यक्ष लामाले बताउनु भयो ।

कार्यक्रममा रहेको जनमसको घुइँचो र उत्साले सो सभा बिजय जूलूसनै जस्तो देखिएको थियो ।