त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

युवा ब्यवसायिहरुको संयुक्त प्रयासमा पाँचखालमा खुल्यो शपिङ मार्ट

  •   पाँचखाल
  •   १५ फाल्गुन २०७७, शनिबार
  •   सबिन घिमिरे

पाँचखालका युवा ब्यवसायिहरुको संयुक्त प्रयासमा करिव १ करोड को लगानीमा पाँचखाल नगरपालिका तामाघाट चोकमा शपिङ मार्ट संचालनमा आयको छ।
अत्यावश्यक घरायसी सामानहरु पसलै पिच्छे खोज्दै हिड्नुपर्ने,सामान किन्न घन्टौ लाइन बस्नुपर्ने उपभोक्ताहरुको समस्या लाई मध्यनजर गर्दै सस्तो र सुपथ मुल्यमा सेवा पुर्याउने उदेश्यका साथ सो मार्ट सन्चालनमा ल्याइयको हो।हिजो बाट एक बिशेश कार्यक्रमका बिच उद्घाटन गरियको मार्टले आफ्ना ग्राहक महानुभावहरुलाइ यो महिनाभरी सामान खरिदमा up To 5% छुट दिने योजना समेत ल्यायको छ।अब भने चाहेको जस्तो सामान भनेको बेला नपाउने,पसल खोज्दै हिड्नुपर्ने समस्याबाट छुटकारा मिल्ने भयको छ।

यो मार्टमा खाद्यान्न,कस्मेटिक सामान,गिफ्ट तथा खेलौना,किचनका सामग्रीहरु,स्वदेशी बिदेशी ब्रान्डका रक्सिहरु,ग्यास,पानी,फ्रोजन सामग्रीहरु,पुजाका सामग्रीहरु पाइन्छ।साथै उपभोक्ता हरुको सेवा र सुबिधालाइ ध्यानमा राख्दै फ्री होम डेलिभरिको समेत सुबिधा दियको छ।३ जना लाई प्रत्यक्ष रोजगारी समेत दियको छ।ग्राहकहरुलाई गुणस्तरीय सामान दिन कुनै कन्जुस्याइँ नगरिने मार्ट सन्चालकको भनाइ रहेको छ।सबै सामानहरु एकै ठाउँमा छानीछानी किन्न पाउँदा समयको पनि बचत हुने साथै सामग्री पनि आफुले खोजे जस्तो पाउँदा ग्राहकहरु पनि खुशि छन् ।निकट भबिस्यमा अन्य बजार एरियामा पनि शाखा खोल्ने तयारीमा आफुहरु लागेको सन्चालकहरु बताउछन ।