त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

युवा नेता पराजुलीको माधव कुमार लाई प्रश्न :कम्रेड पद जोगाउन कि सरकार ढाल्न फर्कनु भो ?

  •   काठमाडौ
  •   २५ फाल्गुन २०७७, मंगलवार
  •   सबिन घिमिरे

नेकपा बिधिवत रुपमा दुई नहुँदै आफ्नै पार्टीबाट निर्वाचित सम्माननीय राष्ट्रपति सम्माननीय प्रधानमन्त्री लगायत सम्मानित नेताहरूलाई अपमानित ढङ्गले तिरस्कार गर्ने प्रयास गर्ने नेता कार्यकर्ता आफूलाई त्यस्तै अवस्था आयो भने स्वीकार गर्न सक्नु हुन्छ कि हुन्न होला ?

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माणको चरणदेखि आजसम्म नेपालको राजनैतिक क्षेत्र र कम्युनिस्ट आन्दोलनमा धेरै उतारचढाव आएको छ।

हो हामी समृद्ध नेपाल खुसी नेपालीको अभियानलाई बलियो कम्युनिस्ट पार्टीको नेतृत्वमा सार्थक बनाउन चाहन्थ्यौ । अदालतको फाल्गुन २३को आदेशसँगै फेरि कम्युनिस्ट पार्टी छिन्न भिन्न भएको छ ।

शालिकराम पराजुली

पार्टी एकता पछि देखिएको शक्ति सङ्घर्षले कम्युनिस्ट पार्टीको भविष्य माथि नै प्रश्न चिन्न खडा भइरहेको अवस्थामा आएको फैसलाले एकिकृत भएका दुइ कम्युनिस्ट पार्टीलाई पुरानै अवस्थामा पुराइदिएको छ भने चलिरहेको शक्ति सङ्घर्षलाई पनि मत्थर पारिदिएको छ । अदालतले हामीलाई २०७५ जेठ ३ मा फर्काइदिए सँगै केही प्रश्नहरू जन्मिएका छन् तीनको उत्तर भविष्यमा कुनै न कुनै रुपमा कहीँ कतै पक्कै आउने नै छ । जुन प्रश्नको उत्तर हामी खोजिरहेका छौ ।

१. नेकपा बिधिवत रुपमा दुई नहुँदै आफ्नै पार्टीबाट निर्वाचित सम्माननीय राष्ट्रपति सम्माननीय प्रधानमन्त्री लगायत सम्मानित नेताहरूलाई अपमानित ढङ्गले तिरस्कार गर्ने प्रयास गर्ने नेता कार्यकर्ता आफूलाई त्यस्तै अवस्था आयो भने स्वीकार गर्न सक्नु हुन्छ कि हुन्न होला ?

२. पार्टी एकता टुङ्गिएर एकता महाधिवेशन नहुँदासम्म दुई अध्यक्ष प्रमाणित गरेका दस्ताबेज मात्रै आधिकारिक हुने एकताको समयको सहमति लत्त्याउँदै एकताको प्रमुख पक्ष सम्माननीय प्रधानमन्त्रीलाई नेकपाको साधारण सदस्य पनि नरहने भनी बहुमतबाट निर्णय गर्नेले अब बहुमतले गरेको निर्णय लाई सम्मान पूर्वक स्विकार्नु होला त रु भलै बहुमतका नाममा हामी उहाँहरूलाई अपमानजनक व्यवहार गर्दैनौ ।

३. आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकाले गरेका उत्कृष्ट कामको अपनत्व लिन नखोज्ने प्रचार गर्न डराउने र सार्वजनिक मंचबाट हलुका ढङ्गले टिप्पणी गर्ने नेता कार्यकर्ताबाट भोलिका बाह्य प्रतिस्पर्धामा पार्टी अनुकूल गतिविधि हुन्छन् भनेर विश्वास गर्ने आधार के होला ?

४. अदालतको आदेस पश्चात् पुर्व एमालेमै फर्कनु भएका कमरेडहरु आफ्नो पार्टी नेतृत्वको सरकारको बचाउमा लाग्नु हुन्छ कि हिजो झै सरकार असफल बनाउने तिकडमबाजी र सरकार ढाल्ले खेलमा लाग्नु हुन्छ ?

५. देशको सम्मननिय राष्ट्रपति माथी महाअभियोग लगाउनु पर्छ भन्ने यहाँहरुको धारणामा परिवर्तन आयो कि छैन ?

६. कालापानी लिपुलेक लिम्पियाधुरा समेटिएको नक्सा प्रकाशित गरेर बिग्रेको र उक्त समन्ध सुधार्न भारतलाई कम्फर्टेवल सरकार बनाउन पर्छ भन्ने धारणा मा परिवर्तन आयो कि अझै यहि धारणाको पक्षमा हुनुहुन्छ ?

७. समृद्ध नेपाल खुसी नेपाली को अभियानमा साथ दिदै एकता अभियानमा हामी सगै रहनु भएका पुर्व माओवादी केन्द्र साथीहरुको जिम्मेवारी प्रदान लगायतका बिषयमा यहाँहरुको धारणा केहो ?

८. नेपाल कमन्युष्ट पार्टीमा रहदा लेराइएको आरोप पत्र र पौष ५ पछि सम्माननिय प्रधानमन्त्री केपि ओली र उहाको पक्षधर माथी व्यक्त गर्नु भएको कुन्ठा आवेग आरोप प्रती तपाईं हरुको हालको दृस्ठिकोण केहो ?

९. मंसिर १० को फैसला पछि केपि ओलि सँग सहकार्यको संभावना नरहने र नरहेको भन्नू भएको थियो अब सहकार्यसहित अगि बड्न खोज्नु भएको होकि पद जोगाउन मात्र आउनु भएको हो ?

  1. यी र यस्ता प्रश्नको  उत्तर समय क्रममा आउने छ, यी प्रश्नको उत्तरहरुसगै यहाँहरुप्रती हामी कार्यकर्ताले विश्वास गर्ने या घृणा गर्ने भन्ने बिषयको निर्क्र्योल हुने नै छ ।