त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

युवा द्वारा जनप्रनिधिसँग अन्तरक्रिया कार्यक्रम

  •   काभ्रे
  •   १८ जेष्ठ २०७८, मंगलवार
  •   त्रिबेणी

“परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र” भन्ने नाराका साथ २०७४ सालमा स्थापीत गैरलाभकारी तथा गैर राजनैतीक युवा संस्था बागमति प्रदेशको नयाँ युवा नयाँ सोच जिल्ला इकाई काभ्रेले सोमबार चौरीदेउराली गा.पा.का अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष तारा चौलागाईं गौतम सङ्ग भर्चुअल माध्यम zoom मार्फत् कोरोनाको कहर मा के कस्ता काम गरिएको छ र भोलिका दिनका लक्ष्य के छन् र युवा लक्षित कार्यक्रमहरुको विषयमा मद्य्यनजर गर्दै कार्यक्रम सम्पन्न गरेको  छ।

कोरोना महामारीका कारण आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रमहरु पछाडि धकेलिएपनि संस्थाले आफ्नो सक्रियता नियमित राखेको समेत नयाँ युवा नयाँ सोच जिल्ला इकाई काभ्रेका प्रभक्ता लक्ष्मण मगरातिले बताए भने हाल अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको र मनोरञ्जनका निम्ति साहित्यिक,संगितिक लगायतका कार्यक्रमहरु पनि गरिरहेको बताए ।

सोमबार सम्पन्न भएको भर्चुअल कार्यक्रममा चौरीदेउराली गा.पा. का अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष तारा चौलागाईं गौतम सङ्ग कोरोनाको कहर मा के कस्ता काम गरिएको छ र भोलिका दिनका लक्ष्य के छन् र युवा लक्षित कार्यक्रमहरुको विषयमा मद्य्यनजर गर्दै कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष सुजन खत्रीले बताउनु भयो ।

उक्त कार्यक्रम मा कोरोना को महामारी मा स्थानियले के कस्तो उपचार पाइरहेका छन् भनि चौरीदेउराली गा.पा.का अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष तारा चौलागाईं गौतम लाई सोधिएको थियो ।। साथै विद्यार्थीसँग अन्तरकृया गर्दै दाइजो , बोक्सी जस्ता प्रथा हटाउन को लागि भिड भाड हुने कारण कोरोना महामारी ले निकै नै असर पारेको छ भनी जानकारी दिनु भयो ।।

आउने दिनहरुमा पनि समाज वरिपरिका ठोस तथा तरल फोहोरसामाजिक बिकृति र समस्याहरुको पहिचान गराउदै राम्रो नेपाल हाम्रो नेपाल निर्माण एबम् राष्ट्र पुनर्निर्माणको यात्रामा जिम्मेवार नागरिक बनाएर द्रुत समाधान दिन सक्ने युवाहरुको नेतृत्व बिकासमा लागि रहने नयाँ युवा नयाँ सोच जिल्ला इकाई काभ्रेले बताएको छ ।