संकल्प मिडिया सेन्टरद्वारा संचालित

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

  •   काठमाडौं
  •   ७ भाद्र २०७८, सोमबार
  •   त्रिबेणी

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । डीएसपी श्रेष्ठका अनुसार उनीमाथि गत वर्षको माघ २० गते आफ्नै १४ वर्षीय छोरी बलात्कार गरेको आरोप छ ।

उहाँले भन्नुभयो ‘आफ्नै छोरीमाथि बलात्कार गरेको भन्दै भदौ ४ गते किटानी जाहेरी परेको छ । सोही आधारमा पक्राउ गरेर हिरासतमा लिँदै घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ ।’ पक्राउ पर्ने पुरुष नेपाली सेनाका पूर्वजम्दार रहेको प्रहरी स्रोत बताउँछ । तर डिएसपी श्रेष्ठले भने यसबारे विस्तृत खुल्न बाँकी रहेको बताउँदै सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गराउने तयारी रहेको बताउनुभयो ।

’ पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । २०७७ साल माघ २० गते राति आफ्नै घरमा धाकधम्की दिँदै डर देखाएर छोरीलाई बलात्कार गरेको उनीमाथि आरोप छ । प्रहरीका अनुसार पीडितको स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पनि अघि बढाइसकिएको छ ।