त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

मेरो समाज,,,,तर म केहि बोलिन `कविता ´ : अर्पणा

  •   भक्तपुर
  •   २० फाल्गुन २०७७, बिहीबार
  •   सबिन घिमिरे

 

जब म जन्मिएकी पनि थिइन तब मलाई गर्व मै तुह्उन खोज्यौ
म केहि बोलिन

जब म ४ बर्ष की भए मालाई बिद्यालय पठाउन सहमत भएनौ
म केहि बोलिन

जब म ८ बर्ष की भए आमाले मलाई सिङ्गार्न खोज्दा तिम्ले मेरी आमामाथि पश्न गर्यौ ‘घर को काम कहिल्य सिकाउने
म केहि बोलिन

जब म १२ बर्षकी भए र आफ्नो पहिले महिनावारी अनुभव गरे, तिम्ले मलाई आफ्नो बुबा र दाजुलाई हेर्ने अनुमति दिएनौ
म केहि बोलिन

जब म १५ बर्षकी भए संसारलाई चिन्दै हास्दै रमाउदै गर्दा तिम्ले मलाई छोरि भएर आफ्नो दाएरामा रहनुपर्छ भन्यौ
म केहि बोलिन

जब म २० बर्षकी भएर आफ्नो खुट्टामा उभिन चाए तिम्ले मलाई छोरि भएर घरबाहिर जानुहुन्न भन्यौ
तब पनि म केहि बोलिन

जब मैले २५ मा टेके तिम्ले मालाई बिबाह का लागि बाध्य बनायौ
अज पनि म केही बोलिन

जब म ३० भए र आमा बन्न लागे
तिम्ले मलाई बारम्बार सोधिरह्यौ
‘छोरा कि छोरि’?
म केहि बोलिन

जब मैले पहिलो सन्तानको रूपमा छोरिलाई जन्म दिए,
तिम्ले मलाई फेरि पश्न गर्यौ किन छोरि
तर अब म नबोलि बस्न सक्दिन

आज म केहि नबोलि बस्न सक्दिन मेरो समाज
किनकि मेरो हातमा आज एउटा नया जिवन छ ।
म हिजोको दिनहरुमा जुन अवस्था बाट आएकी थिए म त्यो अवस्था मा उस्लाई पुर्याउन चाहान्न किनकि छोरि भएर हरेक चोटी आफ्नो मनमा लागेका जागेका इच्छा चाहाना मन मै दाबिनु पर्छ भन्ने छैन।उस्ले आफ्नो जिन्दगी आफ्नो हिसाबले रमाउने हो जिउने हो त्यसमा उस्को बाहेको कसैको जोर जबरजस्ती चल्दैन। अब समाजको डरले पछिपरि रहनु पर्दैन किनकि अब उस्लाई समाज को हरेक चुनौती र परिस्थिति भोगेकि आमाको साथ हुनेछ।

(छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन। त्यसैले छोरीको सम्मान गरौ।)

अर्पणा घिमिरे