संकल्प मिडिया सेन्टरद्वारा संचालित

माधव नेपालले धोका दिएपछि गोकर्ण बिष्टले गरे यस्तो अठोट

  •   काठमाडौं
  •   ४ श्रावण २०७८, सोमबार
  •   त्रिबेणी

नेकपा एमालेका सचिव गोकर्ण विष्टले भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने आफूहरूको दृढ प्रयत्नले सफलता पाउने अठोट गर्नुभएको छ । आज बिहानै समाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै सचिव विष्टले यस्तो बताउनुभएको हो ।

‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइछोड्ने छ,’ सचिव बिष्टले भन्नुभएको छ ।