संकल्प मिडिया सेन्टरद्वारा संचालित

माधव निवासमा प्रचण्ड र यादवको डौडधुप ।

  •   काठमाडौं
  •   ५ श्रावण २०७८, मंगलवार
  •   त्रिबेणी

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मंगलबार बिहान नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झन्डै एक घण्टा कुराकानी भएको बुझिएको छ । नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिए लगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भेटवार्ता भएको हो ।