संकल्प मिडिया सेन्टरद्वारा संचालित

माधवलाई कुनै ठाउँ नदिनु, यसले दुर्घटना गराउँछ, मदन भण्डारीले उतिबेला नै भन्नुभएको थियो

  •   काठमाडौं
  •   १२ पुष २०७७, आईतवार
  •   त्रिबेणी

माधव कुमार नेपालबारे  रोचक प्रसंग उठेको छ। माधव नेपाल  कम्युनिष्ट आन्दोलन विरोधी देखिएको आरोप लाग्दै अहिलेको विषम परिस्थितिमा र बिगतका केही उनले चालेको कदमले  देश र पार्टी  बर्बाद पारेको कम्युनिस्ट कार्यकर्ताको ठम्याइ छ।

पुर्व प्रतिनिधि सभा साम्सदले पर्सामा ओलि  समूहको भेलामा उनले माधव र प्रचण्डले  देश धरापमा परेको समेत बताएका छन् । उनले मदन भण्डारीले भनेको वाक्य सम्झिँदै अहिले त्यो वाक्य चरिथार्थ बएको बताएका छन् ।

‘माधवलाई कुनै ठाउँ नदिनु, यसले दुर्घटना गराउँछ, मदन भण्डारीले उतिबेला नै भन्नुभएको थियो त्यो अहिले चरिथार्थ भयो’ उनले भने ।

मदन भण्डारीले त्यतिबेला भनेको कुरा अहिले मिलेको भन्दै उनलेे भने, ‘हामीहरुलाई मदन भण्डारीले भनेर गएका थिए, माधव कमरेडलाई कुनै ठाउँ नदिनु यसले दुर्घटना गराउँछ। आज आएर त्यो पुग्यो, यो दिन आज आएर हेर्नु पर्‍यो।’

 

उनले नेपाली श्रमजीवी  जनताले विभिन्न दुख र संघर्ष झेलेर स्थापना गरेको पार्टीलाई प्रचण्ड सङ मिलेर  भताभुङ पारे भने आरोप समेत लगाएका छ्न।