त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

महेश्वरी कृषि सहकारीको तर्कारी तथा फलफूल संकलन केन्द्र शुभारम्भ,

  •   बनेपा ,काभ्रे
  •   २४ चैत्र २०७७, मंगलवार
  •   सबिन घिमिरे

बनेपा न पा ४ शेरामा अबश्थित श्री महेश्वरी कृषि सहकारी संस्था,(VCDP)मूल्य श्रृङखला बिकाश आयोजनाको सहयोग ,र, बनेपा नगरपालिकाको सहजिकरणमा तरकारी तथा फलफूल संकलन केन्द्रको एक कार्यक्रम का बिच बनेपा नपा का उप प्रमुख रेखा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

उक्त कार्यक्रममा बनेपा नपा ४ न० वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ,३ नं वडाध्यक्ष कृष्ण प्र दाहाल,VCDP,का कार्यक्रम प्रमुख चिरञ्जीवी अधिकारी, कार्यक्रमका बरिस्ठ अधिकृत राजकुमार अधिकारी लगायतले बजारको आवश्यकता र किसान हकहितको बिषय सङ्गै अनुदान लगायत का कार्यक्रम हरु आगामी दिनमा पनि निरन्तरताको लागि किसानलाई जागरुक बनाउने कार्यक्रम हरु संचालन गर्ने साथै बर्ष भरि संकलन केन्द्रमा आफ्नो उत्पादन ल्याई बिक्रीवितरण गर्ने किसानहरुलाई विशेष अनुदान कार्यक्रम समेत ल्याउन लागिएकोकुरा मुल्य श्रृङखला बिकास कार्यक्रम का प्रमुख चिरञ्जीवी अधिकारी ले बताउनुभयो।

 किसान हरु आफै जागरुक हुनुपर्ने र संस्थाले सुरुगरेको बजारमा केन्द्रित हुनुपर्ने उप प्रमुख सापकोटाले जोड दिनुभयो,र आगामी दिनमा नगरपालिकाले अन्य थुप्रै कृषक हित कार्यक्रम यश सहकारी मार्फत गरिने पनि प्रतिबद्धता ब्यक्त गर्नुभएको कार्यक्रममा संस्था का अध्यक्ष श्याम सापकोटाको सभापतित्वमा ,संस्थाले गरेका विभिन्न कार्यक्रम र आगामी दिनमा पनि अन्य कृषक उपयोगी कार्य हरु गर्ने,र सहकारीको संभावना र चुनौती का बारेमा बोल्दै उहाले उत्पादन, बजार र उपभोक्ता बिचको सहकार्य आजको आवस्यकता रहेको र तेश्कोलागि संस्थाको संम्पुर्ण टिम लागिपरेको कुरा स्पस्ट पार्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव लक्षमण दाहालले गर्नुभएको थियोे,।