त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

महिला विशेष कार्यक्रम सम्पन्न

  •   धुलिखेल
  •   २५ फाल्गुन २०७७, मंगलवार
  •   प्रभुराम धिताल

“परिबर्तन युवा परिवर्तित सोच परिवर्तित रास्ट्र” नयाँ युवा नयाँ सोच काभ्रे द्वारा आयोजित “महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार” १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली सहित महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम तथा महिला विशेष कार्यक्रम धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको दुईवटा स्कुल कालिदेबी र हनुमान मावि स्कुलहरुका विद्यार्थीहरु बिच सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका सभापति सुजन खत्रीको अध्यक्षतामा र प्रमुख अथिती धुलिखेल नगरपालिका वडा ११ को अध्यक्ष विष्णु धिताल र कालिका माबी र हनुमान मा बि को शिक्षकहरु सहभागीको साथ कार्यक्रम सम्पन्न भएको छ ।

आज सम्पन्न भएको कार्यक्रममा महिला हिंसा विरुद्ध र महिलाहरुको महिनावारी सम्बन्धित रहेको थियो । नयाँ युवा नयाँ सोच सेवा समाज जिल्ला इकाइ काभ्रेपलाञ्चोक र धुलिखेल नगरपालिका वडा न ११को आयोजनामा तथा सहयोगि संस्था काभ्रे मा .बि.बनेपा ,र व्यवस्थापन कलिका मा.बि लगायतको सहकार्यमा भएको “ महिला हिंसा विरुद्ध र महिनावारी सम्बन्धि सचेतना” विषयमा जानकारी गराउँदै सम्पन्न भएको हो।

वडा ११ को कालिका र हनुमान मा. विध्यालयमा अध्ध्यनरतनरत कक्षा ७ देखि कक्षा १० सम्मको महिला बिद्यार्थिहरुलाई महिला हिंसा विरुद्ध महिलाको नियमित प्रकृया महिनावारीको बेलामा सरसफाई, खानपान, हुनसक्ने समस्या, गर्नहुने र गर्न नहुने क्रियाकलापका बारेमा जानकारी दिइएको थियो ।

जसमा वडा न ११ को वडा अध्यक्ष प्रमुख अतिथि विष्णु धिताल ज्युले कार्यक्रममा सम्बोधन गर्दै महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको सुदुरपश्चिमी भेगको अझैँ व्याप्त्त रहेको छाऊपडि जस्ता कुरितीका बारेमा पनि छोटो जानकारी गराई सहभागि महिला , विद्यार्थि साथिहरुलाई र युवा बालबालिकाको क्षेत्रमा सदैव कार्यक्रम गरिरहेको र भोलिका दिनहरुमा पनि कार्यक्रम गरि रहन्छु भन्ने भनाइ व्यक्त गर्नुभएको थियो ।

 

हाम्रो देशको सुदुरपश्चिमी भेगको अझैँ व्यापत्त रहेको छाऊपडि जस्ता कुरितीका बारेमा पनि छोटो जानकारी गराई र सहभागि महिला विद्यार्थि साथिहरुलाई स्यानिटरी प्याड पनि उपलब्ध गराईएको भन्दै नयाँ युवा नयाँ सोच काभ्रे शाखाका अध्यक्ष श्री दिपक खत्री ज्युले हामि माझ बताउनु भएको छ।

सहभागी रहेका६२ जना बालबालिका युवाहरुलाई कार्यक्रम निकै राम्रो लागेको र भोलिका दिनमा पनि क्लबले विभिन्न समयमा यस्ता कार्यक्रमहरु गरी रहन सुझाव दिनुभएको थियो। उक्त कार्यक्रममा क्लवका सचिबले पबन गौतमले कार्यक्रम संचालक गर्नु भयको थियो भने कल्बकै सदस्य गीता सुनुवार र प्रजिता ढुङ्गगानाले सेसन चलाउनु भयो । अन्य सदस्यहरुल रोजिना श्रेष्ठ ,विष्णुहरि पौडेल ,सबिना रिमाल र रोहन बजगााई स्वयंसेवकको काम गरि कार्यक्रम सम्पन्न भएको छ ।।