संकल्प मिडिया सेन्टरद्वारा संचालित

मतदानअघि नै माधव पक्षका केही सांसद संसद भवनबाट बाहिरिए

  •   काठमाडौं
  •   ३ श्रावण २०७८, आईतवार
  •   त्रिबेणी

नेकपा एमालेको माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।

राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।

सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस भनेर केही सांसद बाहिरिएको बताए ।

विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ ।

यद्यपि जसपाको महन्थ पक्षले. विश्वासको दिन भएपछि देउवालाई बहुमतका लागि माधव पक्षको मत अनिवार्य छैन ।