संकल्प मिडिया सेन्टरद्वारा संचालित

भारतको ओलम्पिक टोली : आर्चरीमा श्रीमान्–श्रीमती, कुस्तीमा साली-भेना

  •   काठमाडौं
  •   २ श्रावण २०७८, शनिबार
  •   एजेन्सी

ओलम्पिक खेलमा भारतबाट १ सय २२ खेलाडी सहभागी हुँदैछ । २३ जुलाईबाट टोकियोमा सुरु हुने खेलकुदको यस महाकुम्भमा आर्चरीतर्फ सहभागी अतानु दास र दीपिका कुमारी पति–पत्नी हुन् । त्यस्तै कुस्तीमा सहभागी विनेश फोगाट र बजरंग पुनिया नाताले साली–भेना हुन् ।

बक्सर एमसी मेरी कोम र टेनिस स्टार सानिया मिर्जा ओलम्पिक खेल्ने भारत अन्य दुई सेलिब्रेटी हुन् ।  दीपिका र अतानुले टोकियो ओलम्पिकमा जानुभन्दा केही दिनअघि मात्रै विश्वकपमा सफलता हासिल गरेका छन् । आर्चरीको यो जोडीले पहिलोपटक एकसाथ स्वर्ण जितेको हो । उनीहरु एक वर्ष अघिमात्रै विवाह बन्धनमा बाँधिएका थिए ।

दीपिकाले तेस्रो र अतानुले दोस्रोपटक ओलम्पिक खेल्न लागेका हुन् ।  टोली ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ । यस्तोमा विश्वभरका खेलाडीहरु ओलम्पिक पुगेर तयारीमा लागिसकेका छन् ।