त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बेलको ह्याटिकमा टोट्नेनह्याम विजयी

  •   काठमाडौं
  •   २० बैशाख २०७८, सोमबार
  •   एजेन्सी

ग्यारेथ बेलले तीन गोल गरेको खेलमा टोट्ेनह्याम हट्स्परले सेफिल्ड युनाइटेडलाई ४–० ले हराएको छ । बेलले ३६, ६१ र ६९ मिनेटमा गोल गरे । त्यस्तै, सन हंग मिंगले ७७ मिनेटमा अर्को गोल थपे ।

जितसँगै ३४ खेलबाट ५६ अंक बटुल्दै टोटेनह्याम लिगको पाँचौ स्थानमा उक्लिएको छ । तेस्रो स्थानको लेस्टरले समान खेलबाट ६३ र चौथो स्थानको चेल्सीले ६१ अंक बटुलेका छन् । त्यस्तै, ३३ खेलबाट  ५५ अंक बटुलेको वेस्टह्याम छैटौं र ५४ अंक बटुलेको लिभरपुल सातौं स्थानमा छन् ।

प्रिमियर लिगको शीर्ष शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी ,दोस्रो स्थानको म्यानचेस्टर युनाइटेभन्दा १३ अंकले अघि छ । सिटीले ३४ खेलबाट ८० र युनाइटेडले ३३ खेलबाट ६७ अंक बटुलेका छन् ।

सिटी उपाधिबाट एक खेलले मात्रै टाढा रहेको अवस्थामा शीर्ष चारको प्रतिस्पर्धा भने पेचिलो बनेको छ ।