संकल्प मिडिया सेन्टरद्वारा संचालित

बेन्जेमा २०२३ सम्म रियलमै रहने

  •   काठमाडौं
  •   ५ भाद्र २०७८, शनिबार
  •   एजेन्सी

रियल म्याड्रिडका कप्तान करिम बेन्जेमाले क्लबसँगको सम्झौता २०२३ सम्मका लागि लम्ब्याएका छन् । फ्रान्सेली स्टार बेन्जेमा २००९ मा रियल आएका थिए ।

उनले त्यसयता १२ वर्षमा २ सय ८१ गोल गरिसकेका छन् । जसमध्ये उनले पछिल्ला तीनवटा ला–लिगा सिजनमा २० भन्दा धेरै गोल गरेका हुन् । ३३ वर्षीय बेन्जेमा रियलका सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ नम्बरमा छन् ।

यस सिजन पनि उनले उत्कृष्ट सुरुवात गरेका छन् । रियलले यसै साता अलाभेसविरुद्ध ४–१ को जीत निकाल्दा बेन्जेमाले दुई गोल गरेका थिए । यसअघि बेल्जियमका गोलकिपर थिवाउट कोर्टवासँग पनि रियलले पाँच वर्षको नयाँ सम्झौता गरेको छ । जसअनुसार २०२६ सम्म कोर्टवा रियलमै रहनेछन् ।