त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बालमैत्री अभियानमा जिल्ला बाल सन्जाल काभ्रे

  •   काभ्रे
  •   ३० चैत्र २०७७, सोमबार
  •   सबिन

बालमैत्री अभियानमा जिल्ला बाल सन्जाल काभ्रे
आदर्श बिद्या मन्दिरको आयोजना तथा जिल्ला बाल क्लब सन्जाल काभ्रेको संयोजकत्वमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाइ बालक्लब, बाल अधिकार, बालमैत्री स्तानिय शासन तथा साइबर बुलिङ सम्बन्धि एक दिने अभिमुखिकरण तालिम आज आदर्श बिद्या मन्दिर स्कुलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको सहजीकरण जिल्ला बालक्लब  सन्जाल काभ्रेको अध्यक्ष सुबोध धिमाल र हामिलाइ पनि सहजीकरण गरिदिनु भएका अग्रज, गुरु तथा लामो समय सम्म बालबालिकाको मानव अधिकारका क्षेत्रमा लागिरह्नु भएका आदरणीय भोजराज तिमल्सिना सर प्रति अध्यक्ष धिमालले धन्यवाद व्यक्त गर्नुभएको छ।

उक्त कार्यक्रममा ५० भन्दा बढी बालबालिकाको सहभागीता रहि आदर्श बिद्या मन्दिर बाल क्लबको पुनः गठन गरि भुमिका के सि को नेतृत्वमा २१ सदस्य समिती गठन भयो ।