त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बाइक चल्ने अनुमति छैन ढुवानिको लागि टिफर

  •   काठमाडौं
  •   ७ बैशाख २०७७, आईतवार
  •   त्रिबेणी

बनेपा । यतिबेला देश नै लकडाउनको अवस्थामा रहेको छ । जसले गर्दा अत्यावश्यक बाहेकका सम्पुर्ण सवारी साधन नचलाउन नेपाल सरकारले निर्देशन दिईसकेको कुरा त हामीमा अवगत नै छ । यसै विचमा जिल्ला प्रशासन कार्यालक काठमाडैेंले ढुवानीको लागि भनेर सात दिने सवारी पास बनाएर टिफर गुड्नको लागि अनुमति दिएको कुरा बाहिरिएको छ । समानान्तर निर्माण सेवा प्रा.ली.को नाममा यो पास दिईएको छ ।
टिफर र निर्माण सामाग्रीलाई कतिको अत्यावश्यकमा राख्ने ? यसको पासको क्षेत्र काठमाडैं उपत्यका देखि दोलालघाट । पनौतिसम्म ढुवानी गर्न सकिने क्षेत्राधिकार दिईएको छ । यस कुरा बाहिर आएसँगै काभ्रेली आक्रोसमा आएका छन् । देशको राजधानी समेत रहेको काठमाडैंबाट ढुवानीका लागि टिफर आउदा डर कायम रहेको भन्दै यस्ता गतिविधि चल्दै गए युवाहरु सडकमा आउने समेत स्थानिय युवा रीजन खड्काले चेतावनी दिएका छन् ।
सवारी पासकै कुरा हेर्ने हो भने माथि सात दिने सवारी पास भनेर लेखिएको छ । तल, ०१ । ०५ देखि ०१ । १५ सम्म प्रयोग गर्ने मिति बनाईएको छ । यसलाई अध्ययन गर्दा १० दिन पासको मिति नै छ । अब यो कुन स्थरका कर्मचारीले लेखे भन्ने कुरा हाम्रो सरोकारको विषय भने होइन । तर, सात दिने सवारी पासको मिति १० दिन कसरी हुन्छ भन्ने कुरा हाम्रो आपत्ति विषय बनेको छ ।