त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बढ्दो बलात्कार र हिंसाका घटना, असुरक्षित बन्दै महिला

  •   बारा
  •   १६ मंसिर २०७७, मंगलवार
  •   त्रिबेणी

महिला हिंसा र बलात्कार बिरुद्ध अहिले बारा लगायत प्रदेश दुईका बिभिन्न सहरमा दिनहुँ महिलाहरुले दबाबमुलक कार्यक्रम गरिरहेका छन । जघन्य अपराधका घटनामा प्रदेश सरकार तथा प्रहरी प्रशासन मौन बसेको र कसैले पीडितको न्यायको लागि चासो नदेखाएको भन्दै दबाबमुलक कार्यक्रम गरिएका हुन ।
बलत्कारका घटना देश व्यापीरुपमा बढिरहेपनि प्रदेश दुईमा भने अवस्था भयावह देखिएको छ । ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ अभियान प्रदेश २ मा सचालन गरिको भएतापनि बढ्दो बलात्कार र हिंसाका घटनाले प्रदेश २मा महिला सबैतिर असुरक्षित रहेको देखाएको अधिकारकर्मीको भनाइ छ । पछिल्लो समय बर्दिवासमा छ वर्षिय बालिका बलत्कार पछि हत्या भएपछि प्रदर्शन चर्किएको छ । बलत्कार जस्तो घटना प्रहरी र राजनितिकर्मी मिलेर यस्ता घटना दबाउने, पीडितको मुद्दा दर्ता नगर्ने, कथित भद्रभलादमी बसेर मिलाउने गर्दा समस्या भयाबह भएको महिला अधिकारकर्मी बताउछन ।

पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्यादित पुरुष माथि नै प्रश्न चिन्ह उठ्न थालेको अधिकारकर्मीको भनाइ छ । बलात्कारका घटना रोक्न विद्यमान कानून संसोधन गरेर फाँसीको सजाय हुनुपर्ने उनीहरुको भनाइ छ ।

महिला हिंसा र बलत्कारका घटनाको न्युनिकरण गर्नका लागि प्रदेश सरकारले समेत खासै चासो दिएको पाईदैन भने बेटी पढाऊ बेटी बचाऊ अभियान समेत ओझेलमा परेको छ । बलात्कारका घटना बढनुमा कानून नै बाधक रहेको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत बताउछन ।

बलात्कारका मुद्दामा अदालतबाट महिला वा बालिकाले छिटो न्याय नपाउँदा पनि घटना बढिरहेको देखिन्छ । न्यायका निम्ति पीडित महिला र बालिका बारम्बार अदालत पुग्नुपर्ने अवस्था मात्र नभई उनीहरूलाई सोधिने हतोत्साही बनाउने खालका प्रश्नले पीडित थप पीडित हुने गरेको अनुभव कतिपयको छ ।