संकल्प मिडिया सेन्टरद्वारा संचालित

पार्टीको गति व्यक्तिले रोक्न सक्दैन : अशोक ब्यान्जु ।

  •   काठमाडौं
  •   ९ श्रावण २०७८, शनिबार
  •   त्रिबेणी

नेकपा एमाले काभ्रेका अध्यक्ष तथा नेता अशोक ब्यान्जुले पार्टी एक गतिशील संगठन भएकोले कुनै व्यक्तिले यसको गति रोक्न नसक्ने बताउनु भएको छ ।

नेकपा एमाले धुलिखेल वडा नं ३ को संगठित सदस्यको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिका प्रमुख समेत रहनुभएका अध्यक्ष व्यन्जुले मुलुकको आर्थिक सामाजिक र राजनीतिक परिवर्तनको अगुवाई एमालेले मात्र गर्ने र त्यसको परिणाम समेत देखि सकेको बताउनु भयो ।

बिकास र समृद्धिको सारथिहरु एमाले कार्यकर्ता भएको र एमाले नेता कार्यकर्ता जनप्रतिनिधि भएको स्थानमा बिकास निर्माणले फड्को समेत मारेको उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै एमाले भित्रका केही नेता व्यक्तिगत लोभ र इगोले पार्टी कमजोर बनाउन खोजेपनी त्यो सफल नहुने बताउनु भयो । पार्टी र आन्दोलन एउटा जिबन्त गतिशील पद्धति भएकोले कुनै व्यक्तिले चाहेर पनि पार्टी र आन्दोलन सक्न नसक्ने बताउनु भएको छ ।

एमाले काभ्रेको बैठकले जिल्लाभर संगठन बिस्तार र सदस्यता वितरण एंवम नवीकरण अभियानमा जुटेको छ । लामो समय देखि गतिविधि नभएको एमाले अब नयाँ जोस जागर सहित अभियानमा जुटेको एमाले नेताले बताए ।