त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

पात्लेखेतमा विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम

  •   पात्लेखेत
  •   २३ फाल्गुन २०७७, आईतवार
  •   प्रभुराम धिताल

धुलिखेल नगरपालिका वडा नं ११ , पात्लेखेत हनुमान माध्यमिक विद्यालयमा “वडा बाल क्लव सञ्जालको पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम ” सम्पन्न भएको छ ।

वडा बाल क्लव सञ्जाल पुनर्गठन पछि बालबालिकाका लागि गरिएको क्षमता अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रममा वडा भित्र रहेका हनुमान, कालिदेवि, महाँकाल विद्यालयका ४५ जना विद्यार्थी तथा वडा बाल क्लव सञ्जालका पदाधिकारीहरु , स्थानिय जनप्रतिनिधिहरु , शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका‌ पदाधिकारीहरुको सहभागिता रहेको थियो।

क्षमता अभिवृद्धि कार्यक्रममा “स्थानिय तहले बालबालिकाको क्षेत्रमा केकस्ता कामहरु गरिरहेका छन् ? के गरिरहेको छ भन्ने विषयमा रहि विद्यालय , अभिभावक र स्थानीय जनप्रतिनिधिले बालबालिकालाई गरिने व्यवहार कस्तो हुनुपर्दछ” भन्ने विषयमा रहि कार्यक्रमका प्रमुख अतिथि एवम् वडा ११ का वडाध्यक्ष विष्णु धिताल (काभ्रेलि) ले कार्यक्रमलाई सम्बोधन गर्नु भएको छ ।

बाल सञ्जालमा रहि बालबालिकाको क्षेत्रमा विद्यार्थी तथा बालबालिकाले गरेका उत्कृष्ट कामहरु बारे वर्णन गर्दै ; मुस्कान खातुनको बारेमा र उसले पाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र नेपाल सरकारको संबिधानमा बालबालिका सम्बन्धी बनेको ऐन र नियमावली बारे प्रष्टाउँदै बडाले वालमैत्रि निर्माण अघि र पछि भएका क्रियाकलाप र ४९ वटा सुचक र सरकारले थपेका १२ वटा सुचक बारे अध्यक्ष धितालले बताउनु भएको छ ।

बालबालिकाको सक्रिय सहभागिताले वडा , नगर तथा जिल्लामा नेतृत्व गर्ने अवसर पाउँदा क्षमता अभिवृद्धि हुने र समुहमा घुलमिल गर्न सकिने हुँदा नेतृत्व गर्न चाहने बालबालिकाले सक्रिय रुपमा काम गर्न वडा बाल सञ्जालले वडासँग समन्वय गरि वडा भित्रका टोल तथा विद्यालय बाल क्लव देखि बाल समुहहरुलाई राम्रो मार्गदर्शन दिएमा बालबालिकाले उत्कृष्ट काम गर्ने कुरा जिल्ला बाल सञ्जालका अध्यक्ष सुवोध धिमालले वताउनु भयो । 

धुलिखेल नगरपालिकाको सहयोग र सिर्जनशिल समाज नेपालको समन्वय रहेको कार्यक्रममा हनुमान माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम अधिकारी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम धिताल तथा कालिदेवि माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि सदानन्द धितालले आफ्नो सान्दर्भिक भनाई राख्दै बालबालिकाको क्षेत्रमा भएका कार्यक्रम र विभिन्न समयमा सचेतनामुलक कार्यक्रम भएको कुरा कार्यक्रममा जानकारि दिनु भयो । 

नगर बाल क्लव सञ्जालका नि-वर्तमान अध्यक्ष सुजन (दिपक) खत्रि ; नगर बाल सञ्जालका सहसचिव तथा पुर्व वडा ११ का वडा बाल सञ्जालका अध्यक्ष सौरभ धिताल ; पुर्व नगर बाल सञ्जालका सदस्य तथा नयाँ युवा नयाँ सोच समाज नेपाल काभ्रे शाखाका सदस्य विष्णुहरि पौडेल, धुलिखेल नगरपालिका वडा नं ०९ का वडा बाल सहजकर्ता सुनिल हुमागाईको आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व वडा बाल क्लब सञ्जालका अध्यक्ष रुस्मिका धितालको थियो भने कार्यक्रम‌ सञ्चालन वडा नं ११ का वडा बाल सहजकर्ता प्रभुराम धितालले गर्नु भएको थियो । 

कार्यक्रमलाई निरन्तरता दिँदै सिर्जनशिल समाज नेपालका प्रशिक्षक हरिश्चन्द्र घिमिरेले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको छ । बालबालिकाको हक अधिकार र उनिहरुको स्वतन्त्रता बारेमा अन्तरक्रियात्मक कार्यक्रममा‌ सामाजिक सञ्जालले बालबालिकाको क्षेत्रमा पुर्याएको योगदान , फाईदा र यसले बालबालिकाको जिवनशैलीमा पुर्याएको बेफाइदा बारे सहभागि बिद्यार्थीलाई बताउनु भएको छ ।