संकल्प मिडिया सेन्टरद्वारा संचालित

पनौती नगरपालिकाद्वारा लैनो गाई वितरण कार्यक्रम सम्पन्न

  •   काठमाडौं
  •   १३ श्रावण २०७८, बुधबार
  •   त्रिबेणी

काभ्रेको पनौती नगरपालिकाले नगरपालिका र संघ सरकारको ८० प्रतिशत अनुदानमा लैनो गाई वितरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ को ससर्त तर्फ स्वीकृत गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४० वटा लैनो गाई वितरण हो ।

नगरपालिकाले मंगलबार वडा नम्बर ३ र ८ मा १६/१६ वटा लैनो गाई वितरण गरिएको हो । त्यस्तै वडा नम्बर १० मा १४ वटा गाई वितरण गरि सकिएको कृषी तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटाले जानकारी दिनुभयो । कुल लगातको २० प्रतिशत मात्रै किसानले बेहोरेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सापकोटाले बताउनुभयो ।

नगरपालिकाले सुत्केरी भत्ता बाहेक सबै भैँसीको पाडी वितरण कार्यक्रमकै मापदण्ड अपनाएर लैनो गाई वितरण गरेको हो । ‘भैँसीको पाडीलाई चाहिँ सुत्केरी भत्ता पनि दिने गरेका छौँ, गाईलाई सुत्केरी भत्ता दिंदैनौं, बिमाको ब्यवस्था नगरपालिकाले नै गरेको छ, शाखा प्रमुख सापकोटाले भन्नुभयो ।’

नगरपालिकाले यी तिन वाटै वडा गाई प्रवर्द्धनका लागि पकेट क्षेत्र घोषणा गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनु भयो । मंगलबार वडा नम्बर ८ को कार्यालयमा बाँकी लैनो गाई वितरण गरेर अघिल्लो आर्थिक वर्षको स्वीकृत कार्यक्रम सकाएको हो ।

भैँसीको पाडी वितरण कार्यक्रम पनौती नगरपालिकाको सबै भन्दा लोकप्रिय र बहु चर्चित कार्यक्रममा पर्ने गरेको छ । नगरपालिका झण्डै ८ सयभन्दा बढी भैँसीको पाडी वितरण गरिसकेको छ ।

गाई वितरण कार्यक्रममा नगरप्रमुख भिम न्यौपाने, प्रमूख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, कृषी तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटा लगायत सहभागी हुनुभएको थियो ।