संकल्प मिडिया सेन्टरद्वारा संचालित

पनौती नगरपालिकाको अर्को जनमुखी काम, कोभिड-१९ बाट मृत्यु भएका मृतकका परिवारलाई रु. २५००० सहयोग ।

  •   काठमाडौं
  •   २४ आश्विन २०७८, आईतवार
  •   त्रिबेणी

सामाजिक उत्तरदायित्व र जनमुखी काम गर्दै आएको पनौती नगरपालिकाले अर्को जनमुखी काम सुरु गरेको छ ।

पनौती नगापालिकाले कोभिड-१९ बाट मृत्यु भएका मृतकका परिवारलाई रु. २५००० सहयोग स्वरुप बितरण गर्ने अभियान संचालन गरेको छ । जस अन्तर्गत आज नै वडा नं. ४ मा ५ जना, वडा नं. ३ मा ४ जना, वडा नं. २ मा ३ र वडा नं. १ मा २ जाना गरि जम्मा १३ जना कोभिड-१९ का करण मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले बताउनु भयो ।

नगरपालिका जनताको सुखदुखमा सधैं भएको र दुखमा मल्हमको काम गर्ने हेतुले यो कार्यक्रम संचालन गरिएको नगरपालिका उपप्रमुख गिता बन्जाराले बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपने ज्यु, उप प्रमुख गिता बन्जारा ज्यु, सम्बन्धित वडाका अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख पुरुश्वत्तम तिमल्सिना लगाएतको उपस्थितिमा रहेको थियो ।