संकल्प मिडिया सेन्टरद्वारा संचालित

पनौतीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित काभ्रेका ९ जनामा आरडिटी पोजिटिभ

  •   काठमाडौं
  •   ६ जेष्ठ २०७७, मंगलवार
  •   त्रिबेणी

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं. ५ का जनप्रतिनिधिसहित काभ्रेका ९ जनामा कोरोना भाइरसको संक्रमण परिक्षण गर्दा आरडिटी पोजिटिभ देखिएको छ । वडा नं. ५ का अध्यक्ष श्रीधर पांध्या कुईकेलले जनप्रतिनिधिसहित आफूसहित अन्यलाई आरडीटि पोजिटिभ देखिएको जानकारी दिए ।

वडाध्यक्षसँगै आरडीटि परिक्षणमा कोरोना पोजिटिभ देखिनेमा कुशादेवी स्वास्थ्य चौकीका कर्मचारी, सुब्बागाउँ स्वास्थ्य चौकीका एकजना कार्यालय सहयोगी पनि छन् ।

उनीहरुसँगै पनौती नगरपालिकाका एकजना कर्मचारी, पनौती–८ निवासी बञ्जारा थरका पुरुषलाई पनि आरडीटीमा कोरोना पोजिटिभ देखिएको छ । वडा नं. ८ का बञ्जारा नगरपालिकाका जनप्रतिनिधिकै स्वकीय सचिव समेत हुन् ।

त्यसैगरी आरडीटीमा पनौती नगरपालिका वडा नं. ७ का कर्मचार्य थरका पुरुषलाई पनि कोभिड–१९ पोजिटिभ देखिएको छ ।

पाँचखालका २ जनामा पनि पोजिटिभ

प्राप्त सुचना अनुसार पाँचखाल नगरपालिकाका २ जनामा पनि आरडीटि पोजिटिभ देखिएको छ । पाँचखाल वडा नं. ४ का ठकुरी थरका महिला र सोही वडाका गुराँगाई थरका महिलालाई आरडीटि पोजिटिभ देखिएको छ ।

सबै क्वारेन्टिनमा
आरडीटि पोजिटिभ देखिएपछि जनप्रतिनिसहित सबैजना क्वारेन्टिनमा छन् । ‘सोमबार आरडीटि परिक्षण गर्दा हामीलाई पोजिटिभ देखिएको तथ्य सत्य हो, पिसिआर विधिबाट परिक्षण गर्न धुलिखेल अस्पतालमा स्वाब दिएर आएका छौँ, सायद आज रिपोर्ट आउँछ होला, अहिले हामी खोपासीमा क्वारेन्टिनमा बसिरहेका छौँ ।’ क्वारेन्टिमा रहेका एकले भने ।

दुईजना महिला भने धुलिखेल अस्पतालको क्वारिन्टनमा छन् ।
उज्यालो नेटवर्कबाट साभार