संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको १९ औं जिल्ला परिषद बैठक सप्पन्न, गर्‍यो दीर्घसेवि शिक्षक सम्मान ।

  •  
  •   २६ जेष्ठ २०७६, आईतवार
  •  

शिक्षकहरुको पेसागत हकहित र शैक्षिक सुधारकोलागि प्रगतिशील बिचार बोक्ने संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको १९ औं जिल्ला परिषद बैठक सप्पन्न भएको छ ।

शनिबार बनेपाको अरनिको सभाहलमा नेपाल शिक्षक महासंघ केन्द्रिय अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले सबै शिक्षकहरु, राहत बालविकास विद्यालय सहयोगी कार्यालय सहयोगी सबैको साझा हकहितका लागि महासंघ लागीरहेको बताउनु भयो । साथै महासंघ अधिकार र कर्तव्य दुबैको रक्षाका लागि लाग्ने पनि बताउनु भयो । त्यसैले सरकार संग हामीले हाम्रो अधिकार मागिरहदा हामीले हाम्रो कर्तव्यबोध गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा विद्यार्थी सम्मान, पुर्व अध्यक्ष सम्मान ( रमेश पौडेल र ज्ञाननाथ पाठक ) , २५ बर्ष सेवा अवधि पुरा गरेका दीर्घसेवि शिक्षकहरुलाई सम्मान तथा आजीवन सदस्यता बितरण पनि गरिएको संगठनका सचीव रामचन्द्र थापाले जानकारी दिनुभएको छ । साथ कार्यक्रममा आन्तरिक प्रतिस्पर्धा बाट स्थायी हुनुभएका शिक्षकहरुलाई अभिनन्दन समेत गरिएको थियो ।

कार्यक्रममा अनेरास्ववियु काभ्रे अध्यक्ष उपेन्द्र शर्मा, नि.रा.क.सं. काभ्रे अध्यक्ष यादव थापा, पेसागत महासंघ नेपाल अध्यक्ष हरिचन्द्र लामिछाने, साधुराम दाहाल, रामप्रसाद अधिकारी, माधव अधिकारी लगाएतका शिक्षा सेवीहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रम श्याम प्रसाद पाण्डेको अध्यक्षता र रामचन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो । उक्त परिषदले संगठनको प्रगतिको समिक्षा गर्दै विशेष योजना समेत पास गरेको छ ।