नेकपा एमालेको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयीक बिषयमा छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको थियो ।

बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।