त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

नयाँ युवा- काभ्रेले सरसफाई गरि बिदाई गर्यो २०७७ साल

  •   धुलिखेल
  •   ३१ चैत्र २०७७, मंगलवार
  •   प्रभुराम धिताल

वर्षको अन्तिम दिन “नयाँ युवा नयाँ सोच सेवा समाज नेपाल, जिल्ला इकाई काभ्रे” द्वारा २०७७ साललाई विदाई गर्दै र नव वर्ष २०७८ लाई स्वागत गर्दै धुलिखेल नगरपालिका अन्तर्गत हजार सिडिमा सरसफाई कार्यक्रम सञ्चालन भएको छ ।

बढिरहेको फोहोर र वायु तथा भु- प्रदुषणका कारण मानविय जनजिवनमा पर्ने असरलाई केहि हद सम्म नियन्त्रण गर्न आजको कार्यक्रम गरिएको कार्यक्रमका अभियान्ता एवम् क्लवका अध्यक्ष दिपक खत्रिले बताउनु भयो ।

नयाँ साल, नयाँ ज्ञान सुन्दर तरिकाले अगाडी बढोस्‌ भनेर नयाँ वर्षलाई सफा र समृद्धि का साथ स्वागत गर्दै “स्वस्थ सहर स्वस्थ धुलिखेल” बनाउने लक्ष्य लिइ हजार-सिँडि सरसफाई अभियान शुरु गरेको खत्रिले बताउनु भयो ।

 

कार्यक्रमलाई धुलिखेल नगरपालिकाको सहयोग थियो भने कार्यक्रममा विभिन्न संस्था तथा क्लबका ६८ जना को सहभागिता रहेको थियो ।

उक्त उपस्थितिमा यूवा साथीहरुले आफ्नो ,आफूले सकेकाे सक्दो सहयोग गरेर वातावरणलाई स्वास्थ पार्न हरदम तयार र जागरुक रहेको जनाएका छन् ।

 

सम्पुर्ण सहभागीहरुलाई नयाँ युवा नयाँ सोच सेवा समाज नेपाल जिल्ला इकाई काभ्रेले हृदय देखि धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरेको छ ।