त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

नगरस्तरीय लोक गायन प्रतियोगितामा वडा ११ प्रथम

  •   धुलिखेल
  •   २४ फाल्गुन २०७७, सोमबार
  •   त्रिबेणी

महिलाको सुरक्षा,सम्मान र रोजगार :सम्बृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ १११ औ अन्तरास्ट्रिय महिला दिवसको अवसर धुलिखेल नगरपालिकामा बिभिन्न कार्यक्रम तथा महिला सम्मान कार्यक्रम आयोजित भएको छ ।  

 

नगर सभाहलमा सञ्चालन भएको कार्यक्रममा “महिलाको सुरक्षा,सम्मान र रोजगार : सम्बृद्ध नेपालको आधार” शिर्षकमा रहि भएको नगरस्तरीय लोक गित प्रतियोगितामा धुलिखेल नगरपालिका वडा नं ११ विजय भएको छ। 

 

 

नगरस्तरीय लोक गित प्रतियोगितामा धुलिखेल नगरपालिका वडा नम्बर ११ बाट पनि उत्कृष्ट सहभागिता रहेको थियो। जसमा रञ्जना धिताल , अनिता धिताल र सुस्मिता धितालले वडाको प्रतिनिधित्व गरेका थिए।

 

 

भव्यताकासाथ सम्पन्न सो कार्यक्रमका बीच आयोजित लोक गित प्रतियोगितामा ८ वटा समूहको संलग्नता रहेकोमा प्रथम भएको वडा ११ लाई प्रमाण पत्र र नगद १० हजार ले सम्मान गरिएको छ । साथै उक्त लोक गायन प्रतियोगितामा द्वितीय तृतीय र सान्त्वना हुनेलाई पुरस्कार समेत व्यवस्था गरी महिलाहरूको आफ्नो विश्वाश लाई बढावा दिँदै सम्मान गरिएको छ ।

 

 

नगरपालिकाको नगरसभा हलमा सञ्चालन भएको कार्यक्रममा नगर भित्रका विभिन्न श्रमिक महिला तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो। भने कार्यक्रम लाई सुरुवात गर्नु अगाडि नगरभित्रका महिलाहरुले झाँकीसहितको र्याली र नगर परिक्रमा गरेका थिए।