संकल्प मिडिया सेन्टरद्वारा संचालित

शंखुमा एमालेको बृहत् र्याली , युवादेखी वृद्दवृद्दासम्म पार्टी प्रवेशको लर्को

  •   काठमाडौं
  •   २६ बैशाख २०७९, सोमबार
  •   त्रिबेणी

२६ बैसाख, काभ्रे ।

स्थानिय चुनाव नजिकिदै जाँदा सबै पार्टीहरुले आफ्नो घरदैलो अभियानलाइ अन्तिम रुप दिइरहेका छन् । यसैक्रममा नेकपा एमाले धुलिखेलले वडा नं १२ मा र्यालीसहित घरदैलो कार्यक्रम   सम्पन्न गरेको छ । पार्टी वडा कमिटीको संयोजनमा सात सय भन्दा धेरै कार्यकर्ताको उपस्तिथी सहित सयौं बाइक तथा गाडीको लावालस्कर सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।मेयर उम्मेदवार अशोक व्यान्जु, उपमेयर उम्मेद्वार लालतारा अधिकारी सहित वडा उम्मेदवारहरुको उपस्थितिमा वडाको सबै मुख्य बस्तिहरुमा घरदैलो तथा कोणभेला गरिएको हो ।

र्यालिपश्चातको कोणसभामा नेकपा एमाले नै देश बनाउने र समृद्दिको सहयात्री भन्दै वडाका २० भन्दा धेरै युवा, महिला तथा समाजसेवीले एमाले पार्टी प्रवेश गर्नुभएको थियो । सबैलाई मेयरका उम्मेदवार एवं पार्टी जिल्ला अध्यक्ष अशोक व्यान्जु, उपाध्यक्ष एवं बागमती प्रदेश सांसद चन्द्र लामा लगायतले पार्टी प्रवेश गराउनुभएको थियो ।यससंगै एमाले धुलिखेलले सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको र जनसभागितालाई हेर्दा जित सुनिक्षित रहेको पार्टी नगर सचिव विष्णु काभ्रेलीले बताउनुभयो