संकल्प मिडिया सेन्टरद्वारा संचालित

धुलिखेलमा नेकपा एमालेलाई माया गर्नेको आकर्षक लर्को;

  •   काठमाडौं
  •   २४ बैशाख २०७९, शनिबार
  •   त्रिबेणी

आज नेकपा एमाले धुलिखेल नगरपालिका ९ र ११ नम्बर वडा कमिटीले संयुक्त वृहत चुनावी घरदैलो र र्‍याली गरेको थियो । उक्त र्‍यालीमा सयौंको संख्यामा वडावासीको उपस्थिती रहेको थियो । धुलिखेल नगरपालिका– ९ स्थित फस्कोट  बाट घर दैलो  सुरु भएको र ११ नम्बर फुलबारी हुँदै, हसेरा, सितल बस्ती काभ्रे धुलिखेल बाजार हुदै भट्टिडाँडाको बैकल्पिक बाटो हुदै  काभ्रेभञ्ज्याङ  बाट पात्लेखेत सितल बस्ती,ठुलिटार, कल्छे मध्यपुर, सान्तिपुर बाट डाँडा गाउँ आएर घरदैलो सम्पन्न भएको प्रदेश कमिटी सदस्य केशब बडालले जानकारी गराएका छन् ।

उक्त कार्यक्रममा धुलिखेल नगर प्रमुखका उमेदवार अशोक ब्यान्जु ,उपप्रमुख उमेदवार लालतारा अधिकार  सहित धुलिखेल ९ का अध्यक्ष उमेदवार चन्द्र प्र. हुमागाई सहितको टिम र धुलिखेल ११ का अध्यक्ष उमेदवार नारायण प्र. बडाल लगायतका टिम सहित सयौं को संख्यामा वडा बासीहरुको बाक्लो  उपस्थित देख्दा जित निश्चित देखिएको ९ र ११ का वडा कमिटी अध्यक्ष हरु राम प्र. हुमागाई र मन्दिप गौतमले बताएका छन् ।

घरदैलो कार्यक्रम गर्दा वडा बासी हरु बिगत पाँच बर्षमा ब्यान्जुको नेतृत्वमा भएका काम देखि सन्तुष्ट देखिएका छन् भन्ने कुरा र्यालिमा पनि देखिएको थियो।

र्यालिको नारा यस्तो थियो (अशोक ब्यान्जु उइ लभ यु ,अशोक ब्यान्जु लालतारा धुलिखेलको साहारा) ।