संकल्प मिडिया सेन्टरद्वारा संचालित

धुलिखेलका किसानलाई आधुनिक कृषि औजार !

  •   काठमाडौं
  •   १० श्रावण २०७८, आईतवार
  •   त्रिबेणी

धुलिखेल नगरपालिकाले वडा नं १,२,३ का पशुपालन गर्दै आएका किसानलाई भुस्सा तथा घास काट्ने मेसिन बितरण गरेको छ ।

आइतबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले किसानलाई उक्त मेसिन औजार बितरण गर्नु भएको थियो । धुलिखेल नगरपालिका पर्यटन र कृषि क्षेत्रको बिकास गर्दै नगरपालिकाका नागरिकको आर्थिक स्तर उकास्न योजनाहरु संचालन गर्दै आएको नगर प्रमुख ब्यान्जुले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिक मेसिन तथा औजारको प्रयोग गर्दै कृषिमा आधुनिकिकरणको अवधारणा अनुसारका कार्यक्रम संचालन गर्दै आएको छ।