संकल्प मिडिया सेन्टरद्वारा संचालित

देउवा जनादेशको हैन परमादेशको प्रधानमन्त्री हो – ठाकुर

  •   काठमाडौं
  •   ३ श्रावण २०७८, आईतवार
  •   त्रिबेणी

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवा जनताको आदेशमा नभइ परमादेशले बनेको बताउनु भएको छ ।

प्रतिनिधिसभामा बोल्दै ठाकुरले सरकार लाई विश्वासको मत दिने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री देउवालाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिनुभएको थियो ।

पटक–पटक प्रधानमन्त्रीहरूलाई समर्थन गरे पनि जसपाले उठाएका माग पूरा नभएको ठाकुरले गुनासो थियो । ‘हामी मत त दिन्छौँ तर उत्पीडितले केही पाउँदैन’, ठाकुरले भन्नुभयो ।