त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

जिल्ला बाल सञ्जालले दियो अभिमुखिकरण तालिम

  •   बनेपा
  •   ३० चैत्र २०७७, सोमबार
  •   प्रभुराम धिताल

विद्यार्थीहरुलाई बालक्लब, बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि , जिल्ला बालक्लब सञ्जाल, काभ्रेले संयोजन गरेको अभिमुखिकरण तालिममा आदर्श बाल मन्दिरले आयोजना गरि बालबालिकालाई तलिम प्रदान गरिएको छ। 

विद्यार्थीहरुलाई बालक्लब, बाल अधिकार बाल मैत्री स्तानिय शासन भनेको के हो भन्ने कुराको अभिमुखिकरण गर्दै आदर्श बाल मन्दिरमा बालक्लब गठन गरिएको हो । 

उक्त कार्यक्रममा लामो समय देखि बालबालिका र मानवअधिकारका क्षेत्रमा ठूलो योग्दान पुर्याउनु भएका जिल्ला बाल सन्जाल काभ्रेका अभिभावक आदरणीय भोजराज तिमल्सिनाले बालबालिकाको क्षेत्रमा भएको काम र उनिहरुको अधिकारका साथै स्थानीय तहमा बालबालिकाको के-कस्तो भुमिका रहनेछ भनेर आफ्नो केहि भनाई राख्नु भएको थियो ।  जिल्ला बालक्लब सन्जाल काभ्रेका अध्यक्ष सुबोध धिमालले बिद्यार्थीहरुलाइ सहजीकरण गर्दै तालिम प्रदान गर्नु भएको थियो ।

लामो समय देखि काभ्रे जिल्लाका बालबालिकाको अधिकार सुनिश्चित गर्न सक्रियताका लागि लागि परेको जिला बालक्लब सञ्जाल , काभ्रेले बिभिन कार्यक्रम गरि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ। नेपालको पहिलो बाल मैत्री जिल्ला घोषणा गर्ने लक्ष्य लिई अघि बढेको र बाल मैत्री अभियानमा लागिपरेको जिल्ला बालक्लब सन्जाल काभ्रेले आज आदर्श बाल मन्दिर स्कुलमा बाल क्लब पुनर्गठन गरेको छ।

 ५० भन्दा बढी विद्यार्थीहरुको सहभागी भएकाे कार्यक्रममा सोही विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रा भुमिका के.सि. को नेतृत्वमा २१ जनाको समिती गठन भएको छ ।