संकल्प मिडिया सेन्टरद्वारा संचालित

गौखुरेश्वर मन्दिरमा -“कन्या पुजा सहित रातभर भजनकिरतन गरेर कृष्ण जन्मास्टमी मनाइयो”

  •   पनौति
  •   १५ भाद्र २०७८, मंगलवार
  •   त्रिबेणी

पनौती नगरपालिका वडा न.३ घिमिरे गाउँमा अवस्थित नवनिर्मित गौखुरेश्वर मन्दिर मा भाद्र १४ गते कृष्ण जन्मास्टमिको अवसरमा स्थानिय भक्तजनहरुले बिहानी समयमा कन्या पुजा गरेका थिए भने साझ बाट भजनकिरतन सहित मद्य्यरात सम्म जागरम गरि कृष्ण जन्मास्टमी मनाइएको छ।

बिगत एक महिना देखि चतुरमासा पाठ सुरु गरिदै आएको छ।

स्थानिय भक्तजनका अनुसार गौखुरेश्वर मन्दिर परिसरलाइ अझै ब्यवस्थित बनाउन बजेट अभाव रहेको र समय अनुकुल रहे मकर मेलाको अवसरमा सप्ताह लगाइने र धार्मिक पर्यटनलाइ जोड्ने कुरा स्थानिय भक्तजनले जानकारी दिनु भयो।