त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्कियो

  •   काठमाडौं
  •   २१ बैशाख २०७७, आईतवार
  •   त्रिबेणी

तनहुँमा ग्यास सिलिण्डर पड्किँदा २ बालक घाइते भएका छन् । घाइते हुनेमा विवेक विक र सरगम विक हरेका छन् ।

आँबुखैरेनी गाउँपालिका– १, सत्रसयका आइतबार बिहान खाना पकाउने सिलिण्डर पड्किँदा ११ वर्षीय विवेक विक र सात वर्षीय सरगम विक घाइते भएका हुन् । प्रहरीले जनाए अनुसार आज बिहान ७ बजे भान्सामा खाना पकाउने क्रममा एलपीजी ग्यासको सिलिण्डर पड्किँएको हो ।