संकल्प मिडिया सेन्टरद्वारा संचालित

कुशादेवी युवा क्लबको आयोजनामा सम्पन्न भयो – “तपाइको मास्क खै? अभियान”(फोटो फिचर सहित)

  •   पनौति
  •   ३२ श्रावण २०७८, सोमबार
  •   त्रिबेणी


कुशादेवी युवा क्लबले कोभिड-१९ नियन्त्रण तथा रोकथाम अन्तर्गत पनौती नगरपालिका वडा न.२ र ३ को बजार परिसरमा मास्क अभियान चलाएको छ। कुशादेवी बजार देखि चालिसे बजार सम्म सन्चालन गरिएको मास्क अभियानमा ५०० भन्दा बढी नागरिकहरुलाइ मास्क बितरण गरिएको थियो।

तपाइको मास्क खै?
– यो महामारिमा कम्तिमा मास्क लगाउनुस ताकी अरुबाट तपाइलाइ नसरोस र तपाइबाट अरुलाइ नसरोस
– के तपाइलाइ कोभिड संग मिल्दोजुल्दो लक्षण छ यदि छ भने आफुलाइ तुरुन्तै आइशोलेट गर्नुहोस
– असल नागरिकको परिचय दिउ नियमित मास्क प्रयोग गरौं,कोभिड बाट आफू पनि बचौ र अरुलाइ पनि बचाऔ

पनौती नगरपालिका वडा न.२ का वडा अध्यक्ष पुरुसोत्तम अधिकारी , पनौती न.पा वडा न.३ का वडा अध्यक्ष किशोर थापा , कुशादेवी युवा क्लबका अध्यक्ष दिपेश घिमिरे र कुशादेवी प्रहरी चौकी का अ.स.इ सहितको टिमले अभियानको नेतृत्व गर्नु भएको थियो।

कोभिड-१९ को बढदो महामारीमा समेत हेलचेकराइ गरि बजार परिसरमा मास्क बिना हिडडुल गर्ने सबैलाइ मास्क अनिवार्य लगाउन अनुरोध गरिएको थियो।

कुशादेवी युवा क्लबको जनचेतना मुलक कार्यक्रम अन्तर्गत आयोजना गरिएको तपाइको मास्क खै अभियानमा कुशादेवी प्रहरी चौकी का असइ साप को कमान्डले पुर्ण सहयोग गर्दै बिना मास्क सबारी चलाउने,बसमा मास्क बिना यात्रा गर्ने नागरिकहरुलाइ चेतनशिल नागरिकको परिचय दिन र नियमित मास्क लगाएर यात्रा गर्न अनुरोध गर्नु भएको थियो।

कुशादेवी युवा क्लबले सन्चालन गरेको मास्क अभियानमा पनौती न.पा वडा न.२ र ३ का वडा अध्यक्ष,कुशादेवी युवा क्लबका पदाधिकारीहरु,कुशादेवी प्रहरी चौकिका अ.स.इ सहितको टोलिको सहभागीता रहेको थियो।