संकल्प मिडिया सेन्टरद्वारा संचालित

कु’कर्मको हिसाव गर्छौ, गुरिल्ला सभामुखले अदालतको समानान्तर अभ्यास गरे : नेता बस्नेत

  •   काठमाडौं
  •   १४ भाद्र २०७८, सोमबार
  •   त्रिबेणी

नेकपा एमालेका केन्द्रीय सदस्य, तथा सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले युद्धकालिन गुरिल्लाको झझल्कोबाट अदालतको समानान्तर अभ्यास गरेको टिप्पणी गर्नुभएको छ । सभामुख सापकोटाले एमालेले कारवाहीको लागि सिफारिस गरेका १४ जना सांसदहरुलाई कारवाही गर्नु नपर्ने भनि अदातलको जस्तो फैसला गरि निर्णय गरेपछि उहाँले उक्त निर्णयको कडा टिप्पणी गर्नुभएको हो ।

पार्टीले कारवाहीको जानकारी संसद सचिवालयमा निवेदन दर्ता गराएपछि सभामुखले कारवाही गरेको सूचना जारी गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर सभामुखले कारवाही फिर्ता गराउने वा कारवाही गरेको सूचना जारी नगर्ने भन्ने कुरा गैरसंवैधानिक तथा माओवादीको युद्धकालिन झल्को दिने गरी सभामुखले फैसला गरेको भन्दै नेता बस्नेतले आक्रोस जनाउनुभयो ।

अन्तर्राष्ट्रिय रुपमा कुनै पनि देशमा नभएको गतिविधि वर्तमान गठबन्धनको सरकारले गरिरहेको उल्लेख गर्दै सांसद बस्नेतले उक्त सरकारको कदमको सारथी बनी सभामुख सापकोटा माओवादीको कार्यकर्ता बनेको आरोप लगाउनुभयो । सभामुखको राजनीतिक गतिविधिले आगामी दिनमा त्यो द्वन्द सदन र सडकमा समेत प्रकट हुने चेतावनी दिँदै नेता बस्नेतले दाँतको उपचार गरेको बहाना गरेर बसेको बेलामा कांग्रेसका नेता मोहन बस्नेतले अग्नि सापकोटा चाँडै जेल जान्छन् भनेर उदघोष गरिरहँदा उहाँले थप कुकर्म गरेको बताउनुभयो । समयक्रममा यसको उचित हिसाब तिर्नै पर्ने समेत उहाँले आक्रोस जनाउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ,–