संकल्प मिडिया सेन्टरद्वारा संचालित

काभ्रे क्याम्पसको लापरबाहि भएको हो – राष्ट्रिय परीक्षा बोर्ड

  •   काठमाडौं
  •   २० माघ २०७६, सोमबार
  •   त्रिबेणी

बनेपा । काभ्रे क्याम्पसमा भएको लापरबाहिको विषयमा यस अगाडि नै हामीले व्याख्या गरि सकेका छौ । यस विषयलाई लिएर अनेरास्ववियु काभ्रेको टोलि विद्यार्थीसँगै विद्यार्थीको प्रतिनिधित्व गर्दै परीक्षा नियन्त्रण कार्यलयसम्म पुगेका छन् । यस विषयमा छलफल गर्दा कार्यलयका पदाधिकारीले यस विषयमा काभ्रे क्याम्पसले राष्ट्रिय परीक्षा बोर्डको करीकुलमलाई नमानेको र रासायनिक विज्ञान (Chemistry) र भौतिक विज्ञान (Physics) अनिवार्य विषय भएता पनि नराखेको कारण गर्दा ११ र १२ मा कम्प्युटर ईन्जीनियरिङ गरेता पनि स्नातक तह भने ईन्जीनियरिङ गर्न नमिल्ने स्रोतले बतायो ।

विद्यार्थीहरुले यस कुरालाई मनन गरेर काभ्रे क्याम्पस विरुद्ध ठगीको मुद्दा हाल्न तिर अगाडि बढेका छन् । आफ्नो सुनौलो भविष्य खोजेर अगाडि बढेका विद्यार्थी, काभ्रे जिल्लाकै एउटा उतकृष्ट क्याम्पसबाट भएको लापरबाहिले भविष्यलाई कालो धब्बा पार्ने हो कि भन्ने डरमा देखिन्छन् ।

क्याम्पस प्रशासनले भने आफुले माथिबाट आएको निर्देषण अनुरुप पढाएको कुरालाई प्रकाश पारेका छन् तर क्याम्पसले विद्यार्थीको भविष्य नै अन्योलमा पार्ने गतिविधि गर्दा विद्यार्थीहरु क्याम्पसले गरेको कुरा स्वीकार्न आवस्यक ठान्दैनन् । यतिबेला विद्यार्थीलाई मात्रै नभएर विद्यार्थीको अविभावकलाई पनि आफ्ना छोरा कम्प्युटर ईन्जीनियर भएको हेर्ने सपना तुहिएको कुरा बताउछन् ।
काभ्रे क्याम्पसले अब विकल्पको रुपमा विज्ञान संकाय या व्यवस्थापन संकाय लिन भनेता पनि धेरै विद्यार्थी आफ्ना कम ग्रेडिङका कारण विज्ञान संकायमा जान सक्दैनन् र व्यवस्थापन संकाय उनीहरुको ईच्छामा नै पर्दैन ।

क्याम्पसमा आज सोमबार विद्यार्थीहरुले आफ्ना अविभावकलाई बोलाएर शिक्षकसँग यस समस्याको विषयमा कुरा राख्न खोज्दा क्याम्पस प्रमुख के.जी. बैदारले आफु बिरामी भएको बताउदै मोबाईल अफ गरेका छन् । क्याम्पसका सहायक प्रमुखले आफु यस विषयमा कुनै पनि जानकार नभएको काचो उत्तर दिएका थिए । क्याम्पसका कोअर्डिनेटर श्रीराम श्रेष्ठ अविभावकले गरेको फोनलाई बेवास्ता गर्दै आफु वेस्त भएको यस विषयमा हामीले बोर्ड बैठक पछि मात्रै निर्णय भन्ने गैरजिम्मेवार उत्तर दिएका छन् ।

अविभावकले भने यस विषयलाई छोडेर हामी टाढा नभाग्ने भोलि पनि सबै अविभावक भेला भई क्याम्पसको जिम्मेवार व्यक्तिसँग कुरा गर्ने अभिव्यक्ति जनाएका छन् ।