संकल्प मिडिया सेन्टरद्वारा संचालित

“काभ्रेली नेपाली साहित्यको रुपरेखा “प्रकाशित

  •   काठमाडौं
  •   २६ मंसिर २०७८, आईतवार
  •   त्रिबेणी

उपन्यास,कथा,निबन्ध ,कविता लगायतका बिधामा सक्रिय कलम चलाउने तथा साहित्यको अनुसन्धानमा लागि पर्ने साहित्यकार विजय सापकोटाको अनुसन्धानमुलक कृति “काभ्रेली नेपाली साहित्यको रुपरेखा “को दोस्रो संस्करण प्रकाशन भएको छ ।

२०६७ सालमा पहिलो पटक प्रकाशित भई हाल परिमार्जित एवं संशोधित रुपमा बजारमा आएको यो पुस्तक काभ्रेपलान्चोक जिल्लामा भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक हो । प्रस्तुत पुस्तकले साहित्यिक इतिहासलाई लिपिबद्द् गर्ने क्रममा काभ्रेली साहित्यको आदिमकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन,प्रकाशन र साहित्यसङ जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख राखेको छ ।

मुख्य बिषय साहित्य हुँदाहुँदै पनि यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाको भौगोलिक ,राजनीतिक तथा सामाजिक -सांस्कृतिक अबस्था र इतिहासलाई समेत समेटिएको यो पुस्तक सबैका लागि उपयोगी र संग्रहणिय छ । विजय सापकोटाका यस अघि गाउँ खोज्दै जादा(कविता संग्रह ),आमाको माया (बाल उपन्यास ),अनावरण (कथा संग्रह ) र उडान(तन्नेरी उपन्यास )प्रकाशित भैसकेका छन। काभ्रेली साहित्यको रुपरेखाको दोश्रो संकरण कलम प्रकाशनले प्रकाशित गरेको हो ।काभ्रेली नेपाली साहित्यलाई नजिकवाट नियाल्न चाहानेहरुको निम्ति यो पुस्तक अत्यन्तै उपयोगी देखिन्छ ।