संकल्प मिडिया सेन्टरद्वारा संचालित

काभ्रेमा बोलेरोको ठक्कर बाट साँगा चौकी ईन्चार्जको मृत्यु

  •   काठमाडौं
  •   २ फाल्गुन २०७६, शुक्रबार
  •   त्रिबेणी

बनेपा काभ्रेको साँगामा काठमाडौंबाट बनेपा आउँदै गरेको बोलेरो गाडीले ठक्कर दिंदा एकजना प्रहरी असईको मृत्यु भएको छ । काठमाडौंबाट बनेपा तर्फ आइरहेको बा १९ च १३२३ नम्बरको नीजि बलेरो गाडीले ठक्कर दिंदा प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

प्रहरी सहायक निरिक्षक गुरुङ साँगा प्रहरी चौकीमा कार्यरत थिए । असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि कुमार पौडेलका अनुसार आज (शुक्रबार) मृतक गुरुङलाई उक्त गाडीले ठक्कर दिन साथ धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको थियो ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख इन्स्पेक्टर योगेन्द्र तिमल्सिनाका अनुसार असई गुरुङ डिउटीमा रहेको बेला बाटो काट्न लाग्दा उक्त गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र गाडी चालक भक्तपुर जिल्ला भक्तपुर–१० निवासी वर्ष ३१ का विक्रम जाकी बन्जारालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको तिमल्सिनाले जानकारी दिए । उनका अनुसार मृतक गुरुङको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।