त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

  •   काठमाडौं
  •   २० बैशाख २०७८, सोमबार
  •   त्रिबेणी

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस संक्रमण भएको छ। ज्वरो आएपछि शर्माले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिनुभएको थियो । प्रवक्ता शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको जानकारी दिनुभएको छ । ‘डेरामै आइसोलेसनमा छु,’ शर्माले भन्नुभएको छ, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’