त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

`कविता´ तब मैले बिदेशीने निर्णय गरे ,,,,,,,, अर्पणा घिमिरे

  •   काठमाडौं
  •   १७ फाल्गुन २०७७, सोमबार
  •   अर्पणा

#कबिता
……निर्णय…..😌

पैसाले डिग्री किन्ने मेरो देशमा
मैले मेहनतले अर्जेका डिग्रीको
जब कुनै उचित मूल्य भेटिन
तब मैले बिदेशीने निर्णय गरे

घरदेखी दुर राखी
टाढी खेतलाई बाझै राखी
आफू आधा आधामा बाची
घरमा सबै ठिक छ भन्ने
संसारकै सबैभन्दा बढी बोलिने झुट बोल्दै
छोरी त राम्रोसँग पढ भने
जब टाढी खेत उकास्न सकिन
तब मैले बिदेशीने निर्णय गरे

कोशिस नै नगरेको त कहाँ हो र
धेरै पटक लिखित परिक्षामा पास भए
सयौ दैलोमा सर्टिफिकेट बोकि धाए
तर यहाँ पैसाको भाषा बुझ्नेले
मेरो सर्टिफिकेटमा लागेका पसिना देखेनन
त्यसमा कुदिएका बाआमाको त्याग देखेनन
चिरा परेका बाको कुर्कुचाको दर्द देखेनन
जब बाको कुर्कुचालाई जुत्ता दिन सकिन
तब मैले बिदेशीने निर्णय गरे

धेरै पहिले गाउका साथीहरु बिदेशीदा
कयौ संगी बिबाह बन्धनमा बाधिदा
म यहि देशमा केही गर्छु भनी
सातु पिठोको थैलो बोकि
पढ्नकै लागि भनी सहर पसे
सहरियाको तालमा ताल मिलाउदै
दिनरात नभनी मेहनत गर्दै बसे
जेनतेन पढिसकेपछी गाउँ फर्के
जहाँ भकारीमा मालिगाई देखिन
तहा आमाको गलामा तिल्हरी थिएन
जब आमाको तिल्हरी फुकाउन सकिन
तब मैले बिदेशीने निर्णय गरे

  • म जस्ता सक्षम मानछे आफ्नै देशमा
    रोजगार नपाई भौतारिरहदा
    सरोकारवालाको आँखा कहिल्यै पुगेन
    यहि केही गर भनी कसैले रोकेन
    करोडौं खर्चेर उपचार गर्न बिदेश जाने
    मेरा नेताज्युले गाउगाउमा छट्पटिरहेका
    आफ्ना बिमार जनता देखेनन
    भोटकै लागि मात्र चिनेका उनले
    जितिसकेपछी फर्केर कहिल्यै हेरेनन
    शाषक शाषण गर्दै बसे
    शोषितहरु चुसिदै रहे
    देशको यस्तो हरिबिजोगमा
    मेरो सर्टिफिकेटको कौडी मुल्य भएन
    त्यसैले त मैले ,
    टाढी खेतलाई उकास्न सकिन
    बाको कुर्कुचालाई जुता दिन सकिन
    आमैको तिल्हरी फुकाउन सकिन
    जब जिम्मेवारी र विवशताको भारी गह्रौ भयो
    तब मैले बिदेशीने निर्णय गरे ।।
    तब मैले बिदेशीने निर्णय गरे

#ARPANA