संकल्प मिडिया सेन्टरद्वारा संचालित

ओली र दाहाललाई बाँस्कोटाको प्रश्न स् पार्टी भत्काउने भए किन बनाएको , कमण्डलु बोक्ने की कमान्डर बन्ने सोच्नुहोस् ?

  •   काठमाडौं
  •   १० श्रावण २०७७, शनिबार
  •   त्रिबेणी

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सभासद् गोकुल प्रसाद बाँस्कोटाले पार्टी नेतृलाई कमन्डलु बोक्ने की कमान्डर बन्ने सोच्न चेतावनी दिनुभएको छ ।

‘पार्टी सित्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने हो नेतृत्वले सोच्नु पर्ने’ंं बाँस्कोटाको भनाई थियो ।
‘मेरो चेतावनी अध्यक्ष प्रचण्डलाई पनि हो ओलीलाई पनि हो, पार्टी भत्काउने भए किन बनाएको रु’ बाँस्कोटाको प्रश्न थियो ।

काभ्रेको बनेपामा आयोजित मदन भण्डारी फाउन्डेसनको जिल्ला भेलामा बोल्दै पूर्व संचारमन्त्री समेत रहनु भएका बाँस्कोटाले आमा बाउलाई छोराछोरी जन्माएपछि हुर्काउने दायित्व हुुने भन्दै हत्या गर्ने अधिकार नभएको बताउनुभयो ।छोराछोरीको हत्या गरिए सजाए भोग्न तयार हुनुपर्छ नेतृत्वले सोचोस् बाँस्कोटाको भनाई थियो ।

पार्टी एकता गर्नेहरु नै पार्टी विभाजित गर्न लाग्ने हो भने नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने भन्दै उहाँले त्यस्तो फुटलाई जनताले साथ नदिने समेत बताउनुभयोे ।

पार्टी एकतालाई बलियो र खदिलो बनाउने भनेको सुस्पष्ट बिचारले हो । एकले अर्कोलाई लखेटेर हैन । सत्यलाई आत्मसाथ गरेर अघि बढौं उहाँको भनाई थियो । बिधिका कुरा गर्नेहरुले नै विधि मिचेको दावी गर्दै उहाँले आफूलाई अलिकति अप्ठ्यारो भए औला ठडाउने प्रवित्तिले पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो । ‘गुटबन्दी नगर्नेले नै भैसेपाटी, कोटेश्वर र खुमलटार मिटिङ किन गर्नु, नगर्नु नी बाँस्कोटाको भनाई थियो ।

उहाँले बर्तमान समय सरकारको विकल्प खोज्ने समय नभएको भन्दै नेतृत्व परिर्वतनका लागि समेत महाधिवेशन कुर्न आग्रह गर्नुभयो । ‘कसैको निहित ईच्छाका लागि पार्टी विभाजन गरिए आगामी निर्वाचनमा त्यसको जवाफ जनताले राम्रैसँग दिन्छन् त्यो कुराको हेक्का होस’् बाँस्कोटाको भनाई थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले बर्तमान सरकार विकासको पक्षमा दृणताका साथ उभिएको बताउनुभयो । उहाँले भन्नु भयो , विकासको पक्षमा होस्, या राष्ट्रियताको पक्षमा सरकार दरोसँग उभिएको छ । उहाँले सरकार अन्तराष्ट्रिय नीतिमा समेत अडिग रहेको स्पष्ट पार्नुभयो ।

भेलामा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यता थियो । भेलामा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यता थियो ।
भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ ।

फाउन्डेसनको उपाध्यक्षमा निरोज खड्का , सचिवमा विपिन लामा, उपसिचिवमा निर्मल त्रिपाठी र कोषाध्यक्षमा नवराज भुर्तेल सहित ३५ सदस्य जिल्ला समिति चयन गरेको छ । भेलामा हजारौं नेकपाका कार्यकर्ता एव शुभचिन्तकको उपस्थिति थियो ।