त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

ओलिको पक्षमा जनलहर, अलमलमा नपर्न नेतृत्व आग्रह : युवा नेता अमित लामा

  •   काठमाडौं
  •   ९ फाल्गुन २०७७, आईतवार
  •   त्रिबेणी

सुखी नेपाली समृद्ध नेपाल अभियानका नायक सम्माननिय प्रधानमन्त्री केपि ओलिको पक्षमा देश व्यापी जनलहर देखेर सबैको होस उडेको नेकपाका युवा नेता अमित लामाले बताउनु भएको छ ।

नेकपा काभ्रेको संगठन बिस्तार अभियान अन्तरगत राेशी गाउँ पालिका वडा नं 1काे वडा भेलामा सम्बोधन गर्दै युवा नेता लामाले महिला, दलित, जनजाति, मधेसी मात्र नभै पुर्व जनमुक्ति सेनाले समेत खुलेर ओलिको नेतृत्व चाहेको र व्यक्तिगत स्वार्थको लागि पार्टी आन्दोलन र देशको भबिस्य दाउमा लाउनेलाई जनताले निर्वाचनमा पाखा लाउने बताएका छन । ओलि नेतृत्वको नेकपामा देखिको जनलहरले विपक्षीलाई निद्रा लाग्न छोडेको र चुनावबाट भाग्न खोजेको बताउदै लामाले नेतृत्वलाई समयमै सच्चिएर मुल धारमा आउन अपिल गर्नु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष एवं नेकपा काभ्रेका युवा नेता क.अमित लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस र फोरम पार्टी परित्याग गरी सयौंको संख्यामा नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

नव प्रवेशिलाई प्रमुख अतिथि लामाले टीका लगाएर स्वागत गर्नु भएको थियो । प्रवेस गर्नेमा तात्कालिक फाेरम जिल्ला कमिटी सदस्य जितलाल स्याङ्तान , राजकुमार लामा, स्थानीय निर्वाचनमा वडा अध्यक्षकाे उम्मेदवार लालबहादुर लामा, फाेरमका वडा सचिव कर्ण बहादुर लामा फाेरमका युवा नेता राेशन लामा लगायतका नेता तथा कार्यकर्ता काङ्ग्रेसकाे क्रियाशील सदस्य परित्याग गरि प्रवेश गरेका थिए ।

कार्यक्रममा नवप्रवेशीहरुलाई बधाई तथा शुभकामनाका साथै नेकपाको वडा कमिटी गठन समेत भएको थियो । कर्ण बहादुर लामाकाे अध्यक्षतामा नेकपा रोशी वडा नं १ कमिटी गठन गरिएको थियो भने सुलभ लामाको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी पनि गठन गरिएको थियो ।